१९ भाद्र २०७६,
चित्रवन अनलाईन न्युज डेस्क
आगामी शनिबारदेखि दुधको मुल्यमा प्रतिलिटर ६ रुपैया वृद्धि हुने भएपछि किसानहरुले केहि राहत महसुस गर्ने भएका छन् । चरम महंगीका कारण लागत मूल्य बढेपनि दुधमा मूल्य नबढ्दा किसानहरु चिन्तित थिए । प्रतिलिटर ६ रुपैया वृद्धि भएको देखिए पनि किसानका लागी प्रतिलिटर ४ रुपैया १४ पैसा त्यस्तै व्यवशायीका लागि १ रुपैया ८६ पैसा हुने गरी मूल्य वृद्धि भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव तथा व्यवशायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर बगाले भने ४ रुपैया १४ पैसा वृद्धि हुनुले किसानलाई क्षणिक राहत मिलेको बताउनुहुन्छ । उहा थप्नुहुन्छ “दुधको मूल्य बढाउनु भन्दापनि दुधको उत्पादन लागत घटाउने गरि राज्यले कार्यक्रम ल्याउनुपर्छ” त्यस्तै दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई राज्यले उद्योग सरह कर लिने परिपाटी प्रति समेत उहाले आपत्ति जनाउनुभयो । राज्यले केहि समय अगाडी किसानका लागी पचास प्रतिशत छुटमा बिधुत उपलब्ध गराउने नीति पारित गरि कार्यान्वन समेत भएको तर हाल सो नीति कार्यन्वयन नगरी छुट समेत नदिनुले राज्य किसान प्रति क्रुर बन्दै गएको टिप्पणी समेत बगालेले गर्नुभयो । छिमेकी मुलुक बाट भित्रने गरेको दुधले समेत देशलाई परनिर्भर बनाउने खतरा बढ्ने जिकिर गर्दै बगालेले किसानका लागि तत्काल दुध उत्पादनमुखी आकर्षक कार्यक्रम ल्याउन राज्य तत्पर हुनुपर्ने बताउनुभयो ।

