१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क ।
मनकामना दर्शन प्रा.लि. द्वारा संचालित मनकामना केबलकार आगामी भाद्र २२ गते देखि २६ गते सम्म ५ दिनका लागि बन्द हुने भएको छ । केबलकार आगामी भाद्र २७ गते बाट पुन: संचालनमा आउने छ । मर्मत–सम्भारका लागि भन्दै केबलकार बन्द गर्न लागिएको हो। बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि केवलकार बन्द गर्न लागिएको जानकारी मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । मनकामना केबलकारको निर्माण आज भन्दा २० बर्ष अगाडी अष्ट्रियाको डोप्पेल्मेर कम्पनीले निर्माण गरेको थियो । हाल सोहि कम्पनीको प्राबिधिक हरुको अनुगमन पश्चात मर्मत गर्न लागिएको हो । चितवनको कुरिनटार देखि गोर्खा स्थित मनकामना मन्दिर सम्म मनकामना केबलकार संचालन हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार