१८ भाद्र २०७६
चित्रवन अनलाईन डेस्क
सुनको मुल्यले नया रेकर्ड पाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय कायम भएको छ । तेस्तै तेजावी सुनको मूल्य ७२ हजार २ सय कायम भएको सुनचांदी व्यवसाय महासंघले जनाएको छ । गत भाद्र ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो । निरन्तर सुनको मूल्यमा वृद्धि भए संगै चितवनमा सुनको कारोबारमा ठप्पता आएको छ । किन्ने भन्दा पनि सुन बेच्नेहरु आए पनि ब्यबसायीहरु सुन किन्न तत्पर नभएको गुनासो फाट्टफुट्ट सुनिन थालेको छ । रत्ननगरकि दिलमाया मगर(नाम परिवर्तित) ले सुनको भाउमा ब्यापक वृद्धि भए संगै सुन बेच्न आएको तर व्यवसायीले सुन किन्न नमानेको गुनासो गरिन । सुनको मूल्य निरन्तर उकालो लागे संगै यो अझै कुन विन्दु सम्म पुग्ने हो त्यो यकिन नभएको समयमा आम उपभोक्तामा चासोको बिषय बनिरहेको छ ।

