१४ भाद्र २०७६
खैरहनी
पूर्वी चितवनको पर्सा बजारमा रहेको कालिका मोटरसाइकल पाट्सले आज बिगत १ बर्ष भित्रमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नुहुने महिला दिदि बहिनीहरुलाई दर खाने कार्यक्रम आयोजना गर्यो ।तीज सम्पूर्ण नेपाली महिला दिदि बहिनीहरुको महत्वपुर्ण चाड भएको तथा नया नया दिदीबहिनी को परिचय समेत हुने र यस बाट आत्मियता प्रगाढ हुने भएका कारण गएको बर्ष जस्तै यो बर्ष पनि दर खाने कार्यक्रमलाई निरन्तरता दिएको कालिका मोटरसाइकल पाट्सका सेल्स म्यानेजर सुदिप लामिछानेले जानकारी दिए । कार्यक्रममा महिला दिदि बहिनीहरुले तीजका गित गाउनुभएको थियो त्यस्तै आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा 100 जना महिला ग्राहकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा यामाहा माइती बनेर मायाको चिनो वितरण गरिएको थियो ।



