डेक–नेपालले अन्डेफको सहयोगमा ‘‘नेपालमा लैङ्गिक मैत्री सुशासनप्रवर्धनकालागियुवा चेपाङ महिला नेतृहरुलाई सहयोग” परियोजना चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाका वडा नं १,२,३,५,६ र ७ तथा कालिका नगरपालिकाका वडा नं ३,८,९,१० र ११ मा संचालन गर्दै आएको छ । डेक नेपाल सौराको कार्यालयमा २०७६भाद्र ४ देखी ८ गते सम्म २० जना चेपाङ महिलाहरुलाई स्थानीयश्रोत व्यक्तिको रुपमा छनौट गरि प्रशिक्षक प्रशिक्षण तालिम संचालनगरेको थियो । चेपाङ महिला नेतृहरुको स्थानीय सुशासनप्रकृयामा अर्थपूर्ण सहभागिता सुनिश्चितगर्न,अधिकारवालाहरुको सशक्तिकरण, सेवाप्रदायकहरुको जवाफदेहिता अभिवृद्धि तथा नागरिक संस्थाहरुको साझेदारी प्रवद्र्धनगर्न उनिहरुको नेतृत्वतथा सञ्जालनिर्माण, सीपविकासगर्ने उद्देश्यले तालिम पश्चात स्थानीयश्रोत व्यक्तिहरुले अगुवा चेपाङमहिला पैरवी मञ्च गठन गर्ने योजना बनाएका थिए ।२०७६ भाद्र ८ गते कालिका नगरपालिका ११ सिद्धीमा सजिता चेपाङको अध्यक्षतामाअगुवा चेपाङ महिला पैरवीमञ्च गठन गरीयको छ । उक्त मञ्चको उपाध्यक्षअमिना चेपाङ, सचिवप्रशंसा चेपाङ, सहसचिव र कोषध्यक्ष मा क्रमशःसुनिता चेपाङ र विकनी माया चेपाङ लगाएत ५० जना अगुवा चेपाङ महिलाहरु मञ्चमा आवद्ध रहेका छन ।
मञ्चमा चेपाङ समुदायका महिलाहरुको जीवनस्तर उकास्न जनजीविका संग गाँसिएको बिषयमा छलफल गर्ने , गरिबी र वञ्चितिमा परेकाहरूलाई एकजुट वा संगठित बनाउने । कुसंस्कार, कुप्रथालाई तोडी जीवन र समय सुहाउँदो रुपान्तरण ल्याउन जनचेतना फैलाउने । गाँउपालिका नगरपालिकातथा वडा हरुका सरकारी कार्यक्रममाभागलिने । योजना निर्माण तथा निर्णय प्रकृयामा चेपाङ महिलाहरुको अर्थपूर्ण सहभागीता अभिवृद्धि गर्न । नागरीक समाजको अगुवाईमा लैङ्गिक मैत्री बजेट सोधखोज सामुदायीक अंकपत्र अभ्यास प्रतिवेदन तथा सार्वजनिक सुनुवाई संचालन गर्ने । नागरिक समाज संस्थाहरु, स्थानीय सरकारका कर्मचारी तथा निर्वाचित पदाधिकारीहरु लैङ्गिक मैत्री स्थानीय सुशासन तथा जवाफदेहिता प्रवद्र्धनकालागि नीतिगत पैरवीगर्न ।तथा विभिन्न विषयहरुमा ५ वडा स्तरीय छलफल कार्यक्रमहरु सञ्चालन गर्ने छ । यसका अलावा मञ्चमा अवद्ध चेपाङ महिलाको नेतृत्व क्षमताको विकास हुनुका साथै चेपाङ महिलाकाआर्थिक, राजनैतिक, सामाजिक,शैक्षिक मुद्दाहरुलाइ उठान गरि सम्बधित निकायहरु समक्ष लैजान सक्षमहुने बताउदै । हाल सम्म कालिका नगरपालिका अन्र्तगत वडा नं ३,८,९,१० र ११ मा ५ वटा अगुवा चेपाङ महिला पैरवी मञ्च गठनभएको मञ्मा २५० जनाचेपाङ महिलाहरु आवद्ध रहेको डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार