७ भाद्र २०७६, रत्ननगर, चितवन
चित्रवन अनलाइन न्युज डेस्क
टिकौली स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जन्माष्टमीको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएको छ ।
मन्दिरमा बिहान ५:३० बजे देखि श्रद्धालु भक्तजनहरु हरु द्वारा पुजा अर्चना गरिएको थियो । मन्दिरमा स्थानिय भक्तजनहरु को बाक्लो उपस्थिति रहेको थियो साथमा स्थानीय मन्टेश्वरी बिद्यालयहरु बाट राधा कृष्णको स्वरुपमा सजिएका बालवालिकाहरुको उपस्थितिले मन्दिर शोभायमान देखिएको थियो । दिउसो १:३० बजे देखि बाणी गायन भजन प्रतियोगिता सुरु भएको थियो । सो प्रतियोगिता अन्तर्गत आकर्षक भजन प्रस्तुत भएको थियो । साँझ ७:१५ बजे ३२६ औँ आरति सम्पन्न भए पश्चात साँझ ८:३० बजे देखि मंचीय औपचारिक कार्यक्रम सुरु भएको थियो । एक महिना ब्यापी वितकसाहेब श्रीकृष्ण कथाको प्रमुख कथाकार नेपालकै प्रथम महिला भागवताचार्य विदुषी तारा घिमिरेज्यु ,जमुना माताजी, सुजन तिमल्सिना, दिपक के सी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका सदस्य बद्रि प्रसाद ओली, वितक कथा संयोजक मणिप्रकाश खतिवडा लगाएत श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति अध्यक्ष दुर्गा पौडेल, श्रीकृष्ण प्रणामी युवा परिषद प्रा.स. अध्यक्ष बालकृष्ण अमगाई त्यस्तै तिर्थराज सुवेदी,धर्मराज खनाल,विवेक सुवेदी,देबराज पराजुली बाट शुभकामना मन्तब्य ब्यक्त भएको कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिरका कार्यबाहक सचिव जगदीशचन्द्र बरालले संचालन गर्नुभएको थियो । प्रदेश नं. ३ का माननीय प्रदेश सभा साम्सद श्री कृष्ण प्रसाद खनाल को प्रमुख आतिथ्यता रहेको कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका अध्यक्ष माहादेवी खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय भजन गायकहरुको आकर्षक भजन प्रस्तुति ,धार्मिक नृत्य, डडिया नृत्य, भजन कृतन, सम्मान लगाएत रोमाञ्चक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । रात्रि १२ बजे हर्शोउल्लासका साथ् श्रीकृष्ण प्रकाट्य उत्सब मनाउदै कार्यक्रम सम्पन्न भएको थियो ।









