रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले नै राजीनामा दिएका छन् । आफुहरुले जुन उद्देश्यले आन्दोलन गरेको सो उद्देश्यनै पुरा नहुने स्थिति आए पछि राजिनामा दिनु परेको घिमिरेले एक प्रेस बिज्ञप्ति जारि गर्दै जानकारी गराए । आन्दोलनमा घुसपैठ, समितिको नाम बाट बाह्य व्यक्तिले फाइदा उठाउने कोशिस गरेका लगाएत आन्दोलन शान्तिपूर्ण हुन नसकेपछि सो समिति औचित्यपूर्ण नभएको उहाको कथन छ ।

