जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्बदलिय बैठकले पुडासैनी मृत्यु प्रकरणमा प्रहरी अनुसन्धानलाई सहयोग पुराउन अपिल गर्ने निर्णय सबै राजनैतिक दलको भएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको बैठकले दैनिक जीवनमा असर पुग्ने गरी न्याय सम्पादनमा असर पुग्न नदिने गरी हुने तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्न सहयोग पुर्याउने निर्णय गरेको छ । बैठकमा प्रहरी उपरीक्षक दानबहादुर मल्ल, नेकपा अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेसका सचिव उत्तम जोशी, नेकपा प्रतिनिधि तेजेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो । अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने निर्णय समेत आजको बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार