श्रावण १९, चितवन
अन्डेफको सहयोगमा डेक नेपालले पुन : चेपाङ महिला सशक्तिकरण परियोजना सुरु गरेको छ । वि. सं. २०७२ सालमा पहिलो पटक सुरु भएको चेपाङ महिला सशक्तिकरण परियोजना करिव साढे दुई बर्ष चलेको थियो र सो परियोजनाले समग्र चेपाङ समुदायमा सकारात्मक परिवर्तन ल्याउन सफल भए पछि पुन : अण्डेफ़ले सहयोग गरेको हो । हाल चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका मा यो परियोजना सुरु भएको छ । परियोजना अन्तर्गत डेक नेपालको सौराहा स्थित कार्यालयमा चेपाङ महिलाहरुका लागि पाँच दिने क्षमता विकास तालिम आज बाट सुरु भएको छ । तालिममा स्थानीय श्रोत व्यक्तिको रुपमा छनौट भएका २० जना चेपाङ महिलाहरुको सहभागिता रहेको छ । तालिम पाँच दिन सम्म चल्ने परियोजना प्रमुख जनक कार्कीले जानकारी दिनुभयो । प्रदेश साँसद सन्तबहादुर चेपाङ र कालिकाका मेयर खुमनारायण श्रेष्ठले सयुक्त रुपमा परियोजनाको उद्घाटन गर्नुभएको कार्यक्रममा इच्छाकामना गाउँपालिकामा वडाध्यक्ष भूपेन्द्र चेपाङ,कालिकाका वडाध्यक्ष कृष्णबहादुर प्रजा,नेपाल चेपाङ संघका अध्यक्ष लक्ष्मण चेपाङ,जिल्ला गैरसहकारी महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । औपचारिक उद्घाटन कार्यक्रम डेक नेपालकी अध्यक्ष शिखा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

