चित्रवन अनलाईन

2895 Posts
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने

१९ भाद्र २०७६, चित्रवन अनलाईन डेस्क । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । एसिया कप अन्तर्गतको पहिलो दिन आज दुई खेल संचालन हुँदैछ । आज समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तान र समूह ‘ए’ कै अर्को खेलमा भारत र कुवेत बीच भिडन्त हुनेछ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह 'बि' मा नेपाल लगायत आयोजक श्रीलंका त्यस्तै बंगलादेश र युएई छन् । नेपालको पहिलो खेल भाद्र २० गते शुक्रबार आयोजक श्रीलंका संग रहेको छ । त्यस्तै आगामी भाद्र २२ गते आइतबार बंगलादेश संग र भाद्र २४ गते मंगलबार युएई संग नेपालले खेल्ने छ । टेस्ट…
Read More
नेपाल र कुवेत आज भिड्दै

नेपाल र कुवेत आज भिड्दै

१९ भाद्र २०७६, चित्रवन अनलाईन डेस्क । विश्वकप फुटबल छनौट अन्तर्गत दोस्रो चरणको खेल आज नेपाल र कुवेत बीच कुवेतको जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार १० बजेर ४५ मिनेटमा सुरु हुदैछ । २०२२ मा कतारमा सम्पन्न सुने विश्वकप फुटबलका लागी छनोटको दोस्रो चरणको खेल आज हुन लागेको हो । यसपछि नेपालको खेल आगामी भाद्र २४ गते चाइनिज ताइपेसँग हुनेछ ।विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन् । नेपाली फुटबल टिम यस प्रकार रहेको छ - गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ डिफेन्डर : देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन…
Read More
नेपाल आइडल ३ को तयारी तिब्र

नेपाल आइडल ३ को तयारी तिब्र

१८ भाद्र २०७६, चितवन अनलाईन डेस्क, नेपाल आइडल सिजन ३ को तयारी तिब्रताका साथ् अगाडी बढिरहेको छ । यहि भाद्र ३१ गते बाट अडिसन सुरु हुने नेपाल आइडल टिमले जानकारी दिएको छ । पोखरा, बुटवल, नेपालगंज, बिरगंज र बिर्तामोडमा अडिसन हुने भए पनि देशै भरिका गायनमा रुचि राख्नेहरुले तोकिएको स्थान बाट सहभागी हुन पाउने छ्न । यस अगाडी भएका दुइ सिरिजमा क्रमस : बुद्ध लामा र रबि ओड बिजेता बनेका थिए ।
Read More
सुनको मूल्य अहिले सम्मकै उच्च

सुनको मूल्य अहिले सम्मकै उच्च

  १८ भाद्र २०७६ चित्रवन अनलाईन डेस्क सुनको मुल्यले नया रेकर्ड पाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय कायम भएको छ । तेस्तै तेजावी सुनको मूल्य ७२ हजार २ सय कायम भएको सुनचांदी व्यवसाय महासंघले जनाएको छ । गत भाद्र ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो । निरन्तर सुनको मूल्यमा वृद्धि भए संगै चितवनमा सुनको कारोबारमा ठप्पता आएको छ । किन्ने भन्दा पनि सुन बेच्नेहरु आए पनि ब्यबसायीहरु सुन किन्न तत्पर नभएको गुनासो फाट्टफुट्ट सुनिन थालेको छ । रत्ननगरकि दिलमाया मगर(नाम परिवर्तित) ले सुनको भाउमा ब्यापक वृद्धि भए संगै सुन बेच्न आएको तर…
Read More
चितवनमा डेङ्गु र स्क्रबटाइफसको ताण्डव नृत्य

चितवनमा डेङ्गु र स्क्रबटाइफसको ताण्डव नृत्य

    १७ भाद्र २०७६, चित्रवन अनलाईन डेस्क, चितवनमा यतिबेला डेङ्गु र स्क्रबटाइफसले आतंक फैलाईरहेको छ । चितवनमा हाल सम्म श्रावण महिना देखि यो समाचार तयार पार्दा सम्म करिब २००० जनाको डेङ्गु परीक्षण गर्दा ६५० जनामा डेङ्गु पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यतिबेला चितवनका सबै जसो अस्पतालहरु भरिएको अवस्था छ भने हाल सम्म स्क्रबटाइफसको कारण ४ जनाको ज्यान गएको छ । एडिज नामको लामखुट्टेको टोकाइबाट हुने डेङ्गु तथा महामारीको रुप लिदै गरेको स्क्रबटाइफस प्रति सचेत हुने अवस्था भए संगै चितवनमा विभिन्न सचेतनाका कार्यक्रम हरु समेत संचालन हुने क्रम बढेको छ ।
Read More
क्यान्सर अस्पतालमा अब २ / २ घण्टामै रिपोर्ट

क्यान्सर अस्पतालमा अब २ / २ घण्टामै रिपोर्ट

१७ भाद्र २०७६ भरतपुर, चितवन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि लामो सयमसम्म कुर्न पर्दा धेरैको गुनासो सुन्न पर्ने अवस्था अब अन्त्य हुने भएको छ । अब देखि हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिएका छन् । यस अघि बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट दीने परिपाटी थियो ।
Read More
कालिका यामाहा बन्यो माईतिको आगन ।

कालिका यामाहा बन्यो माईतिको आगन ।

  १४ भाद्र २०७६ खैरहनी पूर्वी चितवनको पर्सा बजारमा रहेको कालिका मोटरसाइकल पाट्सले आज बिगत १ बर्ष भित्रमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नुहुने महिला दिदि बहिनीहरुलाई दर खाने कार्यक्रम आयोजना गर्यो ।तीज सम्पूर्ण नेपाली महिला दिदि बहिनीहरुको महत्वपुर्ण चाड भएको तथा नया नया दिदीबहिनी को परिचय समेत हुने र यस बाट आत्मियता प्रगाढ हुने भएका कारण गएको बर्ष जस्तै यो बर्ष पनि दर खाने कार्यक्रमलाई निरन्तरता दिएको कालिका मोटरसाइकल पाट्सका सेल्स म्यानेजर सुदिप लामिछानेले जानकारी दिए । कार्यक्रममा महिला दिदि बहिनीहरुले तीजका गित गाउनुभएको थियो त्यस्तै आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।           कार्यक्रममा  100 जना…
Read More
अगुवा चेपाङ महिला पैरवी मञ्च गठन

अगुवा चेपाङ महिला पैरवी मञ्च गठन

  डेक–नेपालले अन्डेफको सहयोगमा ‘‘नेपालमा लैङ्गिक मैत्री सुशासनप्रवर्धनकालागियुवा चेपाङ महिला नेतृहरुलाई सहयोग” परियोजना चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाका वडा नं १,२,३,५,६ र ७ तथा कालिका नगरपालिकाका वडा नं ३,८,९,१० र ११ मा संचालन गर्दै आएको छ । डेक नेपाल सौराको कार्यालयमा २०७६भाद्र ४ देखी ८ गते सम्म २० जना चेपाङ महिलाहरुलाई स्थानीयश्रोत व्यक्तिको रुपमा छनौट गरि प्रशिक्षक प्रशिक्षण तालिम संचालनगरेको थियो । चेपाङ महिला नेतृहरुको स्थानीय सुशासनप्रकृयामा अर्थपूर्ण सहभागिता सुनिश्चितगर्न,अधिकारवालाहरुको सशक्तिकरण, सेवाप्रदायकहरुको जवाफदेहिता अभिवृद्धि तथा नागरिक संस्थाहरुको साझेदारी प्रवद्र्धनगर्न उनिहरुको नेतृत्वतथा सञ्जालनिर्माण, सीपविकासगर्ने उद्देश्यले तालिम पश्चात स्थानीयश्रोत व्यक्तिहरुले अगुवा चेपाङमहिला पैरवी मञ्च गठन गर्ने योजना बनाएका थिए ।२०७६ भाद्र ८ गते…
Read More
आज कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिन

आज कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिन

१३ भाद्र २०७६ कुशे औंसी सनातन हिन्दू परम्परा अनुसार भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
Read More
जिल्ला अदालत चितवनको फैसला : रबि लामिछाने सहित तीन जना तारेखमा रिहा

जिल्ला अदालत चितवनको फैसला : रबि लामिछाने सहित तीन जना तारेखमा रिहा

९ भाद्र, चितवन चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ लाई तारेखमा रिहा गर्ने फैसला भएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेकोमा थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई तारेखमा छोड्ने निर्णय गरेको हो । रबि लामिछाने ५ लाख, युबराज कंडेल ३ लाख धरौटी र अस्मिता कार्की शुद्ध तारेखमा रिहा गरिएको हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.