ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजको प्रथम वार्षिक तिथिमा प्रतिमा अनावरण
१८ असार, रामु आचार्य । रत्ननगर । श्रीकृष्ण प्रणामी मन्दिर वृजधाम टिकौलीका संस्थापक महन्त ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजको प्रथम वार्षिक तिथिको स्मृतिमा आयोजित श्रीमत्तारतम सागरको अखण्ड पाठ–पारायण तथा प्रतिमा अनावरण कार्यक्रम शनिबार एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। समापन समारोहमा श्रीकृष्ण प्रणामी मन्दिर, रत्ननगर–१० का अध्यक्ष लिलाराज सुवेदीको सभापतित्व तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रकाश खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख सापकोटाले मानिस जहाँ पुगे पनि अध्यात्म र धर्म जीवनको अभिन्न आवश्यकता रहेको बताउनुभयो। धर्मले मानिसलाई सही मार्गमा डोर्याउने उल्लेख गर्दै उहाँले धर्मप्रति आस्था…