१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । एसिया कप अन्तर्गतको पहिलो दिन आज दुई खेल संचालन हुँदैछ । आज समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तान र समूह ‘ए’ कै अर्को खेलमा भारत र कुवेत बीच भिडन्त हुनेछ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह ‘बि’ मा नेपाल लगायत आयोजक श्रीलंका त्यस्तै बंगलादेश र युएई छन् । नेपालको पहिलो खेल भाद्र २० गते शुक्रबार आयोजक श्रीलंका संग रहेको छ । त्यस्तै आगामी भाद्र २२ गते आइतबार बंगलादेश संग र भाद्र २४ गते मंगलबार युएई संग नेपालले खेल्ने छ । टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउदै अगाडी बढ्न कठिन रहे पनि उच्च मनोबलका साथ् नेपाली टोलि मैदानमा उत्रनेछ ।

