१७ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क,
चितवनमा यतिबेला डेङ्गु र स्क्रबटाइफसले आतंक फैलाईरहेको छ । चितवनमा हाल सम्म श्रावण महिना देखि यो समाचार तयार पार्दा सम्म करिब २००० जनाको डेङ्गु परीक्षण गर्दा ६५० जनामा डेङ्गु पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यतिबेला चितवनका सबै जसो अस्पतालहरु भरिएको अवस्था छ भने हाल सम्म स्क्रबटाइफसको कारण ४ जनाको ज्यान गएको छ ।
एडिज नामको लामखुट्टेको टोकाइबाट हुने डेङ्गु तथा महामारीको रुप लिदै गरेको स्क्रबटाइफस प्रति सचेत हुने अवस्था भए संगै चितवनमा विभिन्न सचेतनाका कार्यक्रम हरु समेत संचालन हुने क्रम बढेको छ ।

