१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क ।
विश्वकप फुटबल छनौट अन्तर्गत दोस्रो चरणको खेल आज नेपाल र कुवेत बीच कुवेतको जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार १० बजेर ४५ मिनेटमा सुरु हुदैछ । २०२२ मा कतारमा सम्पन्न सुने विश्वकप फुटबलका लागी छनोटको दोस्रो चरणको खेल आज हुन लागेको हो । यसपछि नेपालको खेल आगामी भाद्र २४ गते चाइनिज ताइपेसँग हुनेछ ।विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन् । नेपाली फुटबल टिम यस प्रकार रहेको छ –
गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी, सरोज दाहाल, रजिन धिमाल ।
मिडफिल्डर : विक्रम लामा, सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, रवि पासवान, तेज तामाङ र रोहित चन्द ।
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।

