सिमलटाँडीमा पुन समाजको भूमे पूजा

सिमलटाँडीमा पुन समाजको भूमे पूजा

चितवन, (सिमलटाँडी), जेठ २७ । पुन समाज पूर्वी चितवन क्षेत्रीय समितिले भूमे पूजा २०८२ सम्पन्न गरेको छ। पुन जातिमा हरेक वर्ष जेठ पूर्णिमाको अवसर पारेर जमिन, बोटबिरुवा र पशुपंक्षीको पूजा गरी भूमे पूजा मनाईने चलन रहेको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया प्रमुख अतिथि रहनुभएको थियो भने उहाँले हालको समयमा विभिन्न युद्धको कारणले गर्दा आणविक बमहरूको पनि प्रयोग भएर भूमि बिग्रिरहेको अवस्थामा पुन समाजले गरेको यो भूमि पूजाबाट भूमिको हित हुने वैज्ञानिक कारण रहेको र यसको खोजी नीति सरकारले पनि गर्नुपर्ने भाव व्यक्त गरेका थिए। अतिथिहरूमा खैरेहनी नगरपालिका वडा नं ९ का वडाध्यक्ष बन्धु महतो, पुन समाज…
Read More
रत्ननगरका विद्यालयहरूमा गर्मी बिदा घोषणा

रत्ननगरका विद्यालयहरूमा गर्मी बिदा घोषणा

रत्ननगर, २७ जेष्ठ । रत्ननगर नगरपालिकाले बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य र सिकाइमा परेको असरलाई मध्यनजर गर्दै भोली जेठ २८ गते नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार आज बसेको बैठकको निर्णयानुसार यो बिदा वर्षे बिदाबाट कट्टा हुनेछ। नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले सम्पूर्ण विद्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।
Read More
मोहना माविमा मनोसामाजिक परामर्श तथा बालअधिकारसम्बन्धी अभिमुखीकरण

मोहना माविमा मनोसामाजिक परामर्श तथा बालअधिकारसम्बन्धी अभिमुखीकरण

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा पुगेर बालअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मंगलबार रत्ननगर–९ स्थित मोहना माविका ७० जना विद्यार्थीलाई बालअधिकार एवम् बालमैत्री दिगोपनासम्बन्धी प्रशिक्षण दिइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले बताइन् । बालबालिका सानै उमेरमा कुलतमा फस्ने, डिप्रेसनमा जाने र नकारात्मक सोच बढी हुने भेटिएकोले विद्यालयमै पुगेर मनोसामाजिक परामर्श र बालअधिकारबारे सचेतना फैलाउन सो कार्यक्रम सञ्चालन गरिएको प्रमुख घिमिरेले बताइन् । बढ्दो आधुनिकतासँगै प्रविधिको विकासले सानै उमेरमा कुलतमा फस्ने, नकारात्मक सोच पैदा भई विभिन्न घटना घट्नेक्रम बढिरहेको समयमा सञ्चालन गरिएको बालअधिकार र मनोसमाजिक…
Read More
रत्ननगरमा कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिम सुरु

रत्ननगरमा कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिम सुरु

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना'(दोस्रो चरण) अन्तर्गत पेशागत कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिमको उद्घाटन रत्ननगर वडा नं. १ मा सम्पन्न भएको छ। १० महिना अवधिको यो तालिम नेपाल उद्यमी विकास परामर्श केन्द्र प्रा. लि. द्वारा सञ्चालन हुनेछ। उक्त तालिमका लागि ४० जनाको आवेदनबाट परिक्षामार्फत २० जना प्रशिक्षार्थी छनोट गरिएको छ। तालिम निःशुल्क हुनुका साथै प्रशिक्षार्थीहरूलाई खाजाको व्यवस्था समेत गरिएको छ। तालिमको प्रशिक्षक विश्व खनाल रहनुभएको छ। उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगरका कार्यवाहक नगर प्रमुख यादव प्रसाद पाठकले तालिमले युवाहरूलाई प्राविधिक सीप प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो। विशिष्ट अतिथि रत्ननगर नगर शिक्षा…
Read More
रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

१९ जेठ, रत्ननगर । रत्ननगर ९ मा कर (राजश्व) सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रमलाई रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्याल, रत्ननगर नगरपालिकाका राजश्व शाखा प्रमुख लिलानाथ अर्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मार्फत रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कर भनेको के हो ?, करका प्रकार, नगरपालिकाले कर लगाउन सक्ने कानुनी आधार, रत्ननगर राजपत्र, घरवहाल कर, नक्सापास, चारकिल्ला प्रमाणित, आयश्रोत कर, पर्यटन सेवा कर तथा सरसफाई कर लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्यालले सोहि कार्यक्रम मार्फत करदाता शिक्षा प्रदान…
Read More
प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण

प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण

रत्ननगर । बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकास श्रेष्ठले सफा उर्जा उत्पादन प्रा.लि. चितवनमा सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगको स्थलगत अबलोकन तथा निरीक्षण गरेका छन् । खैरहनी वडा नं ४ चैनपुरमा अबस्थित उद्योगको मन्त्री श्रेष्ठ सहित उद्योग बाणिज्य संघ मकवानपुरको अध्यक्ष प्रमोद सिंह रानाभाट र उपाध्यक्ष उज्वल चौलागाईँले समेत प्रशोधन उद्योगको अबलोकन गरेका हुन । सफा उर्जाका निर्देशक निर्णय पौडेलले मन्त्री श्रेष्ठ र व्यवसायीहरुलाई उद्योगमा स्वागत गरेका थिए भने सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले सफा उर्जाले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन र वाताबरण संरक्षणमा गरेका कामहरुको विषयमा मन्त्री तथा व्यवसायीलाई जानकारी गराएका थिए । उद्योगको अनुगमन…
Read More
रत्ननगर ९ मा राय सुझाव संकलन कार्यक्रम, १ करोडको बजेट रहने

रत्ननगर ९ मा राय सुझाव संकलन कार्यक्रम, १ करोडको बजेट रहने

१६ जेठ, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्वर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि वडाका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा राय सुझाव संकलन गरेको छ । वडा कार्यालय परिषरमै आज एक कार्यक्रमको आयोजना गरि राय, सुझाव संकलन गरिएको हो । कार्यक्रममा वडामा रहेका सम्पूर्ण संघ, संस्था, वन, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य केन्द्र, मेलमिलापका प्रतिनिधीहरु संग छलफल गरिएको थियो । करिव १ करोड बराबरको बजेट वडा संग रहने जानकारी उक्त कार्यक्रममा गराईएको थियो । कार्यक्रममा वडास्तरीय मेलमिलाप समिति संयोजक मणिप्रकाश खतिवडा, मोहना माध्यमिक विद्यालयका प्र.अ. दयाराम ढकाल, कपरफोरी माध्यमिक विद्यालयका…
Read More
विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण

विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण

चितवन – विद्युत व्यवसायी संघ चितवनले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै, रत्ननतर–१५ माधवपुरमा रहेको निशुल्क दिपज्योती क्रियापुत्रि भवनलाई विद्युतीय सामग्री वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष बामदेब शर्मा घिमिरेले संस्थाको सुरुवातदेखि अहिलेसम्मको यात्रा बारेमा जानकारी दिदै सामुदायिक सेवामा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रमका बिशिष्ट अतिथि नेपाल बिद्युतिय महासंघका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले संस्थाको क्रियाशीलता र विद्युत् व्यवसायीको योगदानको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा बोल्दै निशुल्क दिपज्योती क्रियापुत्रि भवनका संरक्षक ठाकुर प्रसाद पन्त, वर्तमान अध्यक्ष ठाकुर…
Read More
माधवपुर गोल्डकप: न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा

माधवपुर गोल्डकप: न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा

रत्ननगर, जेठ १५- माधवपुरमा जारी माधवपुर गोल्डकपको दोश्रो सेमिफाइनलमा न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको छ । माधवपुर खेलमैदानमा भएको खेलमा न्यू पञ्चदिपलाई १-० ले हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको हो । एपिएफ लागी जर्सी नम्बर १० का खेलाडी सविन गुरुङले पहिलो हाफको १७ औं मिनेटमा डि बक्स नजिकैबाट प्रहार गरेको बलले जाली चुमेको थियो। खेलको दौरान पटकपटक पोष्ट आक्रमण गरेको न्यू पञ्चदिपले जवाफी गोल प्रहार गर्न नसक्दा हार व्यहोर्नु पर्यो । दुई विदेशी सहित तन्नरी पुस्ताका रोजाईका खेलाडी एरोन थापालाई मैदान उतारेको न्यू पञ्चदिपले दर्शकको उत्साहप्रद समर्थनका बाबजुत फाईनलको यात्रा तय गर्न सकेन । समूह चरणको…
Read More
रत्ननगरकी लक्ष्मीको दु:खमा समाजको साथ : उपचार र खाद्यान्न सहयोग

रत्ननगरकी लक्ष्मीको दु:खमा समाजको साथ : उपचार र खाद्यान्न सहयोग

रत्ननगर, जेठ १५ । रत्ननगर वडा नं ९ स्थित दोभान सुकुमबासी बस्तीमा बस्दै आएकी लक्ष्मी महतोलाई स्थानीय समाजसेवी, व्यवसायी र जनप्रतिनिधिहरूले उपचार र खाद्यान्न सहयोग गरेर मानवीयताको उदाहरण प्रस्तुत गरेका छन्। दुर्घटनामा एउटै खुट्टा तीन ठाउँमा भाँचिएर आर्थिक संकटमा परेकी लक्ष्मीलाई अस्पतालबाट डिस्चार्ज गर्न र घरमा खाद्यान्नको जोहो गर्न समुदाय एकजुट भएको छ। लक्ष्मीको उपचारका लागि स्थानीय रामजी चौधरीले ऋण खोजेर एक लाख १५ हजार रुपैयाँ अस्पताललाई बुझाएर उनलाई डिस्चार्ज गर्न सहयोग गरे। समाजसेवी युगबहादुर थापाको पहल र विदेश भ्रमणमा रहेका रत्ननगरका मेयर प्रलाद सापकोटाको समन्वयमा यो कार्य सम्भव भएको हो। यद्यपि, अस्पतालमा अझै एक लाख दुई हजार रुपैयाँ तिर्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.