गायिका रन्जु काफ्लेको नयाँ गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक
६ साउन, रत्ननगर । गायिका रन्जु काफ्लेको बहुप्रतीक्षित गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक भएको छ। यो गीत ए टु स्टुडियो चितवनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार रिलिज गरिएको हो। गीतमा रन्जु काफ्लेको मिठासपूर्ण स्वर रहेको छ भने शब्द र सङ्गीत जी.बी. सुनारको रहेको छ। सङ्गीत संयोजन र रेकर्डिङको जिम्मेवारी किशोर तिवारीले सम्हालेका छन् भने मिक्सिङ डिका गुरुङले गरेका छन्। यो गीतको म्युजिक भिडियोको निर्देशन किशोर तिवारीले गरेका छन्। छायाङ्कन र सम्पादन आयुष सिग्देलले गरेका छन् भने सह-छायाङ्कनमा सागर आलेले साथ दिएका छन्। भिडियोको कोरियोग्राफी मल्लिका थापाले गरेकी छन्। सौन्दर्य साजसज्जामा ज्योती घले र सपना छेत्री घोषले योगदान दिएका…