रत्ननगर ९ मा राय सुझाव संकलन कार्यक्रम, १ करोडको बजेट रहने

१६ जेठ, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्वर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि वडाका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा राय सुझाव संकलन गरेको छ । वडा कार्यालय परिषरमै आज एक कार्यक्रमको आयोजना गरि राय, सुझाव संकलन गरिएको हो । कार्यक्रममा वडामा रहेका सम्पूर्ण संघ, संस्था, वन, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य केन्द्र, मेलमिलापका प्रतिनिधीहरु संग छलफल गरिएको थियो । करिव १ करोड बराबरको बजेट वडा संग रहने जानकारी उक्त कार्यक्रममा गराईएको थियो ।

कार्यक्रममा वडास्तरीय मेलमिलाप समिति संयोजक मणिप्रकाश खतिवडा, मोहना माध्यमिक विद्यालयका प्र.अ. दयाराम ढकाल, कपरफोरी माध्यमिक विद्यालयका प्र.अ. डा.विष्णु कट्टेल, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख विदुर प्रसाद बस्ताकोटी, टिकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष टिकाराम आचार्य, कपरफोरी बालुवाटार विपद जोखिम न्यूनीकरण समाजका अध्यक्ष रामचन्द्र पौडेल, जेष्ठ नागरिक समाजका सचिव गोपाल पौडेल, ज्योतिर्मय सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष शान्तिदेवी अधिकारी, ललितादेवी दुर्गा मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष शोभा नेपाल, शिव गणेश धार्मिक सेवा समितिका अध्यक्ष बलराम बगाले, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि बलभद्र घिमिरे, जसपाल देवी मन्दिरका अध्यक्ष गुरुदत्त आचार्य, सिद्धेश्वर महादेव मन्दिरका उपाध्यक्ष रामु पौडेल, मोहना आमा समुहकी अध्यक्ष कृष्ण कुमारी ढकाल, उद्धमशील महिला समूहकी अध्यक्ष विन्दु शर्मा, महिला स्वास्थ्य स्वयमसेविका ज्ञानु पौडेल, धौलागिरी भजन समूहकी उपाध्यक्ष लक्ष्मी भट्ट, गणेश मन्दिर प्रतिनिधि राम तिमिल्सिना त्यस्तै लालपर्सा वाल विकास केन्द्रका अध्यक्ष ओकिलराज राउत लगायतले आ-आफ्नो संस्थाका लागी विविध योजना तथा माग प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले उपस्थितहरुले महत्वपुर्ण अमुल्य सुझाव आफुलाई प्रदान गरेको बताएका छन् । प्राप्त भएको योजना तथा मागहरुलाई वडाले समेट्न सक्नेहरुलाई वडाको बजेटमा समेट्ने तथा समेट्न नसकिने योजनाहरुलाई नगर तथा प्रदेशको योजनामा समेट्न पहल गर्ने उनको भनाई थियो ।

कार्यक्रममा वडा सदस्य कमानसिंह चौधरीले स्वागत मन्तव्य त्यस्तै वडा सदस्य सुष्मा खड्काथोकीले धन्यवाद मन्तव्य राखेका थिए । वडा कार्यालयले यस अघि नै ९ नम्वर वडामा रहेका टोलहरुमा पुगेर त्यहाँका राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिमा राय, सुझाव संकलन कार्य गरिसकेको कार्यक्रमका संचालक वडा सचिव सुर्य प्रसाद ढुंगानाले जानकारी दिए । संकलन भएका योजनाहरुलाई वडा स्तरिय समितिमा प्रस्तुत गरि रत्ननगर नगरपालिकाको १७ औँ नगर परिषदको योजनाबैंकमा समावेस गर्न पठाईने समेत ढुंगानाले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.