रत्ननगर, २७ जेष्ठ ।

रत्ननगर नगरपालिकाले बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य र सिकाइमा परेको असरलाई मध्यनजर गर्दै भोली जेठ २८ गते नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार आज बसेको बैठकको निर्णयानुसार यो बिदा वर्षे बिदाबाट कट्टा हुनेछ। नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले सम्पूर्ण विद्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार