सिमलटाँडीमा पुन समाजको भूमे पूजा

चितवन, (सिमलटाँडी), जेठ २७ । पुन समाज पूर्वी चितवन क्षेत्रीय समितिले भूमे पूजा २०८२ सम्पन्न गरेको छ।

पुन जातिमा हरेक वर्ष जेठ पूर्णिमाको अवसर पारेर जमिन, बोटबिरुवा र पशुपंक्षीको पूजा गरी भूमे पूजा मनाईने चलन रहेको छ ।

खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया प्रमुख अतिथि रहनुभएको थियो भने उहाँले हालको समयमा विभिन्न युद्धको कारणले गर्दा आणविक बमहरूको पनि प्रयोग भएर भूमि बिग्रिरहेको अवस्थामा पुन समाजले गरेको यो भूमि पूजाबाट भूमिको हित हुने वैज्ञानिक कारण रहेको र यसको खोजी नीति सरकारले पनि गर्नुपर्ने भाव व्यक्त गरेका थिए।

अतिथिहरूमा खैरेहनी नगरपालिका वडा नं ९ का वडाध्यक्ष बन्धु महतो, पुन समाज नेपाल केन्द्रीय अध्यक्ष भीमबहादुर फगामी पुन, पुन समाज नेपाल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष धनबहादुर गर्बुजा पुन, पुन समाज नेपाल जिल्ला कार्यसमिति चितवन का उपाध्यक्ष हरि खरोजा पुन लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

पुन समाज पूर्वी चितवन क्षेत्रीय समिति का सचिव काशीराम पुनले समग्र भूमिमा निर्भर रहेका प्राणीहरूको लागि पशुपंक्षीको लागि सुस्वास्थ्य र हितको कामना गर्दै भूमिपूजा गरिने चलन रहेको बताएका छन्।

पुन जातिको सबैभन्दा ठूलो पूजा, भूमे पूजा रहेको र विगत तीन वर्षदेखि मनाइँदै आएको पुन समाज पूर्वी चितवन क्षेत्रीय समिति खैरहनी नगरपालिका सिमलटाढीका अध्यक्ष डील बहादुर पुर्जा पुनले बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.