दोस्रो माधवपुर गोल्डकप शुरू : हेटौंडाको विजयी शुरुवात

दोस्रो माधवपुर गोल्डकप शुरू : हेटौंडाको विजयी शुरुवात

रत्ननगर, जेठ १० । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा आजदेखि दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ। माधवपुर खेलकुद विकास समितिको आयोजनामा जेठ १८ गतेसम्म सञ्चालन हुने यो प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद शिलवालले शनिबार एक औपचारिक कार्यक्रमबीच गरेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमी र सूर्यपुर फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गियो। हेटौंडा फुटबल एकेडेमीले सूर्यपुरलाई ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुआत गरेको छ। खेलको ‘म्यान अफ द म्याच’ हेटौंडाका अशरफ शेख घोषित भए। भोलि आइतबार आयोजक माधवपुर खेलकुद…
Read More
हरेक शनिवार चरा अवलोकन गराउँदै वर्ड एजुकेशन सोसाईटी

हरेक शनिवार चरा अवलोकन गराउँदै वर्ड एजुकेशन सोसाईटी

रत्ननगर, जेठ १० । वर्ड एजुकेशन सोसाईटी चितवनले चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ, चराको अवस्था, प्रजाति पत्ता लगाउने उद्धेश्यले हरेक शनिवार फरक फरक स्थानमा चरा अवलोकन गराउदै आएको छ । चितवनका विभिन्न विद्यालयहरुमा पुगि सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको हो । त्यसैलाई निरन्तरता दिदै आज (शनिवार) रत्ननगर-७ मा रहेको ग्रीन सोसाइटी पव्लिकल स्कुल र राप्ती नगरपालिकाको भण्डारामा रहेको साग्रीला ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई सौराहाको डुङ्गा घाटदेखि हात्तीसारसम्म चरा अबलोकन गराएको छ । विद्यार्थीहरुलाई दुरबिनको सहायताले चरा अबलोकन गर्ने व्यवस्था सोसाईटीले मिलाएको थियो । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि क्षेत्रको विस्तार लगायतका कारणले वर्षौंदेखि नेपाललाई घर…
Read More
चतुर्मुखी सामुदायिक वनमा मृत गैडा फेला

चतुर्मुखी सामुदायिक वनमा मृत गैडा फेला

चितवन। चितवनको कालिका नगरपालिकामा रहेको चतुर्मुखी सामुदायिक वन क्षेत्रमा वयस्क एक सिङ्गे गैडा मृत अवस्थामा फेला परेको छ । एक आपसमा जुधेर घाइते भएपछि मरेको हुन सक्ने सव डिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले जानकारी दिनुभयो । अन्दाजी सात वर्षको गैडा बिहीबार साँझ मृत फेला पारेको थियो । गैडा मृत अवस्थामा फेला परेपछि वन कार्यालयका टोली घटनास्थल पुगेको थियो । वन कार्यालयका प्रतिनिधि, पशु चिकित्सकलगायत पुगेको थियो । मृत गैडाको खाग खुर सुरक्षित रहेको प्रमुख खनालले जानकारी दिनुभयो । खाग खुर डिभिजन वन कार्यालय भरतपुरमा राखिएको छ । मृतकको कारणबारे पशु चिकित्सकले पोष्टमार्टम कार्य अगाडि बढेको छ ।
Read More
रत्ननगर-९ मा घटना दर्ता सचेतना

रत्ननगर-९ मा घटना दर्ता सचेतना

रत्ननगर, जेठ ८ । रत्ननगर नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना अभियान’ लाई तीव्रता दिएको छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ता प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सञ्चालित यो अभियान हाल वडा नम्बर ९ मा पुगेको छ। वडा नम्बर १४ बाट सुरु भएको यो अभियान वडा नम्बर १५ र ११ हुँदै बिहीबार वडा नम्बर ९ को दोभान टोल र पशु हाटबजार टोलमा सञ्चालन गरिएको हो। बिहीबार दोभान टोल र पशु हाटबजार टोलका बासिन्दाहरूलाई वडास्थित ज्योर्तिमय सामाजिक संस्थाको भवन परिसरमा भेला गराई…
Read More
मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया

मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया

२६ बैशाख, भरतपुर । सीमान्तकृत आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभाव परेको भन्दै आज भरतपुरमा अन्तरक्रिया गरिएको छ । सीमान्तकृत आदिवासी समुदायको मानव अधिकारको अवस्था समेत नाजुक रहेको विषयमामा अन्तरक्रिया केन्द्रित थियो । कार्यक्रममा गैसस महासंघ चितवनका कोषाध्यक्ष जनक कार्कीले कायक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा जलवायु परिवर्तनको अवस्था गम्भीर बन्दै गएको, हिमाली, पहाडी र तराई क्षेत्र वोवास गर्ने सीमान्तकृत समुदायहरूमा यसको नकारात्मक प्रभाव पर्न थालेको भन्दै स्थानीय सीमान्तकृत आदिवासी समुदायहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको बताउनु भयो । कार्यक्रमहरूले सीमान्तकृत समुदायका आवाजलाई उजागर गर्दै नीति निर्माणमा समावेशीता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उँहाको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथी समेत…
Read More
एञ्जल्स वर्ल्ड स्कुलको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम, प्राचार्यले राखे वार्षिक योजना

एञ्जल्स वर्ल्ड स्कुलको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम, प्राचार्यले राखे वार्षिक योजना

बैशाख २०, रत्ननगर । रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले आज अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिक पुरस्कार वितरण, नया विद्यार्थीहरुलाई स्वागत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत ८७ जना नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सोहि कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुले विविध भेषभुषामा सजिएर दर्जन बढी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी रत्ननगर नगरपालिकाकी नगर शिक्षा अधिकृत सुमना सिलवालले परिवेश अनुसारको सिकाई कार्यक्रमलाई विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । हरेक जात जातीको संस्कृति तथा परम्परालाई विद्यार्थीले विद्यालय तह बाटै बुझ्न जरुरी रहेको भन्दै एञ्जल्सले यस सम्बन्धी कार्यक्रमलाई जोड दिएको भन्दै प्रशंशा समेत…
Read More
सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोक निवासी सरला शर्माको पहिलो कृति “उसैले जन्माएको छोरो” लघुकथा संग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले कृति सार्वजनिक गरेका हुन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा छन् । कथासंग्रहमा नेपाली समाजको चित्रण, वैदेशिक रोजगारीको पीडा, नारी बेदना, विभेद, सामाजिक विकृति, जीवबस्तु प्रतिको प्रेम लगायतलाई उतारिएको छ । कृतिमाथि बोल्दै कवि तथा निबन्धकार भूपिन खड्काले शर्माको कथा संग्रहहरू छोटोमा पढ्न सकिने र जीवनभर तरङ्गित गरिरहने खालका भएको बताए । नारी वेदनालाई एैना…
Read More
सौराहामा बैशाख १२ र १३ गते रत्नबिज समिटकाे दाेस्राे संस्करण हुने

सौराहामा बैशाख १२ र १३ गते रत्नबिज समिटकाे दाेस्राे संस्करण हुने

रत्ननगर । चितवनको सौराहामा रत्नबिज समिट (शिखर सम्मेलन) आयोजना हुने भएको छ । रत्ननगर जेसीजको आयोजनामा यही बैशाख १२ र १३ सौराहामा रत्नबिज समिटकाे दाेस्राे संस्करण हुने भएकाे हाे । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी युवाहरुलाई व्यवसायमा आकर्षित गर्नका लागि उत्प्रेरणात्मक सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको छ । सम्मेलनमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अर्थ सचिव मधुकुमार मरासिनी लगायतका उद्यमीहरुले उत्प्रेरणात्मक सेसन संचालन गर्ने जेसिआइ रत्ननगरका अध्यक्ष बाबुराम परियारले जानकारी दिए । उनका अनुसार नेपालको व्यापार परिदृश्य र अवसरका बिषयमा उद्योग बाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले आफ्नो प्रस्तुती र प्रशिक्षण दिनुहुनेछ । त्यस्तै पूर्व अर्थ सचिव…
Read More
गैँडाकोटकी १४ बर्षिया बालिका नारायणगढबाट बेपत्ता

गैँडाकोटकी १४ बर्षिया बालिका नारायणगढबाट बेपत्ता

गैँडाकोट : नवलपरासीको गैँडाकोटबाट एक बालिका हराएकी छिन् । गैँडाकोट नगरपालिका वडा नं. १५ घर भएकी १४ बर्षिया बालिका अञ्जली पौडेल बेपत्ता भएको परिवारले जनाएको छ । घरकै हजुरआमासँग चितवनको गितानगर स्थित उजेलीनगरबाट नारायणगढको शहिदचोकसम्म सँगै आएकी पौडेल शौचालय जाने भन्दै निस्किएको र हालसम्म पनि परिवारको सम्पर्कमा नआएको अञ्जलीका ठुलोबुवा राजेन्द्र पौडेलले बताउनुभयो । अञ्जलीले युनिक बोडिङ स्कुलमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिइन् । यो खबर तयारपार्दासम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । आफन्तहरुले खोजीकार्य जारिराखेका छन् । बालिका अञ्जलीले प्रयोग गर्ने गरेको मोबाइल समेत अहिले अफ भएको छ ।अञ्जलीलाई देख्नहुने जो कसैले केदार पौडेल ९८५७०४१२८७ रमेश…
Read More
कृष्णभीरबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु

कृष्णभीरबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु

धादिङ: पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट-रोराङ्ग गाउँपालिकाको कृष्ण भीरबाट मोटर साइकल खस्दा एक जानको मृत्यु भएको छ ।मृत्यु हुने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका-९ का मिनबहादुर तामाङ्ग भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भएको छ । मोटरसाइकल चितवनबाट काडमाण्डौँतर्फ आइरहेको प्रहरीको प्रारम्भिक अनुमान छ । मोटरसाइकल सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।मृतकको शव गजुरी अस्पतालमा राखिएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.