चितवन –
गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना भएको छ । गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस गोरखा बाह्रकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बस रोकेर चालक अन्यत्र गएको बेला दुर्घटना भएको हो । बस १० मिटर तल खसी पल्टेको थियो । दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

