२२ असोज, धादिङ ।
रत्ननगर–९ मा रहेको सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्र, आई क्याम्प फर चितवन, भरतपुर आँखा अस्पताल र गङ्गा जमुना गाउँपालिका धादिङले आज धादिङ जिल्लाको विविध स्थानमा आयोजना गरेको नि:शुल्क आँखा परिक्षण शिविरमा ९ सय ९४ जनाले सेवा लिएका छन् । गङ्गा जमुना गाउँपालिकाको ३ स्थानमा शिविर संचालन गरिएकोमा फुलखर्क स्वास्थ्य चौकीमा ४ सय २९ जना, री स्वास्थ्य चौकीमा २ सय ६५ जना र बेसरी स्वास्थ्य चौकीमा ३ सय जना गरि कुल ९ सय ९४ जनाले आँखा परिक्षण गराएको सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्रका अध्यक्ष राजबन्धु गौतमले जानकारी दिए । ९ सय ९४ जना मध्ये फुलखर्कमा ७१, रीमा ३४ र बेसरिमा २४ जनामा शल्यक्रिया गर्नुपर्ने विरामी फेला परेको र उनीहरुको नि:शुल्क शल्यक्रिया गरिने समेत आयोजकले जनाएको छ । शिविरमा भरतपुर आँखा अस्पतालका तथा विदेशी ख्यातिप्राप्त ५ जना विशेषज्ञ सहित २० जना प्राविधिक समुहको सहभागिता छ । कार्यक्रम अन्तर्गत भोलि धादिङ जिल्लाका अन्य स्थानमा शिविर संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार