काठमाडौं : जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिरहेका छन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको थियो । तर आन्दोलनकारी विरुद्ध सरकार क्रुर बन्दा र आन्दोलनकारीले घेरा तोड्दा आन्दोलन स्थल रणभूमीमा परिणत भएको छ ।
जेनजी आन्दोलनमा यो समाचार तयार पार्दा सम्म १५ जनाको ज्यान गएको छ भने करिब २ सय बढी घाईते भएका छन् । सिभिल अस्पतालमा २, ट्रमा सेन्टरमा ७, एभरेष्ट अस्पतालमा ३, केएमसीमा २ र त्रिवी शिक्षण अस्पतालमा १ गरि कुल १५ जनाको ज्यान गएको हो । २ सय भन्दा बढी घाईतेहरु उपचाररत रहेका छन् । राजनीतिक दल र नेताहरूमाझ यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिदै सुरु भएको आन्दोलन शान्तिपूर्ण हुने विश्वास गरिएको थियो ।

