चितवन : सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले चितवनमा पनि प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय गेट अगाडि विभिन्न ब्यानरसहित गरिएको प्रदर्शन शान्त भए पनि पछिसम्म त्यो शान्ति कायम रहिरहन सकेन ।
आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर भएका छन् । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनमा केही घाइते भएका छन । अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।

