१० श्रावण, रत्ननगर ।
पछिल्लो समयमा अत्याधिक दुर्घटना भैरहेको भन्दै न्यूनीकरणका लागि श्रीकृष्ण प्रणामी यूवा परिषद प्रारम्भिक समिति टिकौलीले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । आज रत्ननगर नगरपालिकाको बकुलहरमा एक औपचारिक कार्यक्रम गर्दै समितिले सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम अन्तर्गत त्रिनेत्र पेट्रोल पम्प अगाडीको सडकमा ३ वटा, टांडी स्थित कालिका पेट्रोल पम्प अगाडी २ वटा ट्राफिक सचेतना बोर्ड समेत राखिएको छ ।

सोहि अवसरमा ट्राफिक सचेतना सन्देश समेटिएको प्रचारात्मक सामाग्रीहरु सवारी साधनहरुमा टासिएको थियो भने सवारी साधनका चालकहरुलाई सवारी नियमहरुको बारेमा सचेत समेत गराईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका अस्थाई ट्राफिक प्रहरी पोष्ट रत्ननगरका प्रमुख विदुर नेपालीले दुर्घटनामा गुमेको ज्यान केहि गरेपनि नफर्कने हुँदा दुर्घटना पूर्व नै सचेत हुनुपर्ने बताए । सामान्य सावधानी समेत नअपनाउदा हजारौंले दुर्घटनामा ज्यान गुमाउने गरेको साथै अंगभंग हुनुपरेको भन्दै श्रीकृष्ण प्रणामी यूवा परिषदको आम यात्रुहरु प्रतिको चिन्ता अत्यन्तै सह्रानीय भएको नेपालीको भनाई थियो । कार्यक्रममा विशिष्ठ अतिथि रहेका श्रीकृष्ण प्रणामी यूवा परिषद जिल्ला कार्य समितिका अध्यक्ष श्याम पोख्रेलले यूवा परिषद सामाजिक कार्यहरुमा सदैव अग्रसर रहदै आएको तथा आगामी दिनहरुमा पनि उत्तरदायित्व वहन गरिरहने बताए ।

कार्यक्रमको सभाध्यक्ष समेत रहेका श्रीकृष्ण प्रणामी यूवा परिषद प्रारम्भिक समिति टिकौलीका अध्यक्ष सुर्यमणि ढकालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । समितिका उपाध्यक्ष दिलिप महतको संयोजनमा समितिका सचिव सफल अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी यूवा परिषद प्रारम्भिक समिति टिकौलीका सम्पूर्ण कार्यसमिति, ट्राफिक प्रहरीहरु, पत्रकार तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर