धादिङ: पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट-रोराङ्ग गाउँपालिकाको कृष्ण भीरबाट मोटर साइकल खस्दा एक जानको मृत्यु भएको छ ।मृत्यु हुने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका-९ का मिनबहादुर तामाङ्ग भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भएको छ ।

मोटरसाइकल चितवनबाट काडमाण्डौँतर्फ आइरहेको प्रहरीको प्रारम्भिक अनुमान छ । मोटरसाइकल सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।मृतकको शव गजुरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार