चितवन, चैत २५ ।
चितवनको राप्ती नगरपालिका वडा नं. १० स्थित चौघरा कोराक स्वास्थ्य चौकीमा वृहद् निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। ग्रीन सोसाइटी नेपाल रत्ननगर-७ सौराहाको आयोजनामा भएको शिविरमा बृद्धबृद्धा लगायत विभिन्न उमेर समूहका १८९ जना र बालबालिकाहरू ९७ जना गरी कुल २८६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शिविरले स्थानीय समुदायको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको ग्रीन सोसाइटीका श्रीलाल परिवारले बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं. १०, ग्रीन सोसाइटी पब्लिक स्कूल रत्ननगर-७, रत्ननगर प्याब्सन र जेसी आई खैरहनी पर्साको सह-आयोजना रहेको थियो । शिविरमा शान्ति सेवा गृह काठमाडौंले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार