२४ चैत, धादिङ ।
रत्ननगर नगरपालिका वडा नं १६ का जनप्रतिनिधी, स्थानिय र धादिङको ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानिय बीच अन्तरक्रिया गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १६ लाई पूर्ण वातावरण मैत्री वडा घोषणा गर्ने अभियानको लागि सो अन्तरक्रियाको आयोजना गरिएको हो ।

कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल, वडा नं. ६ का वडा अध्यक्ष किशोर सेढाई, रत्ननगर वडा नं १६ का वडाध्यक्ष हेमराज थापा लगायतको उपस्थिति थियो। कार्यकम ज्वालामुखी सामुदायिक होमस्टेमा आयोजना गरिएको थियो।

ज्वालामुखी वडा न. ६ लाई १५ वटा सुचक र ४५ वटा उपसुचकहरु पूरा भएपछि गत कार्तिकमा गाउँपालिकाकै पहिलो नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार