रत्ननगर, चैत २१ ।
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा शान्ती मेड नेपालले निर्माण गरेको फोहोरमैला व्यवस्थापन भवन उद्घाटन गरिएको छ । बिहीबार शान्ती मेड नेपालका संस्थापक रुथ गन्सेथले अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई भवनको चावी हस्तान्तरण गर्दै भवनको उद्घाटन गरिएको हो ।

६० लाखको लागतमा निर्माण गरिएको ४ कोठा सहितको एक तले भवनमा २ वटा लौण्ड्री मेसिन,अटो क्लेव मेसिन,फोहोर व्यवस्थापनका लागि बाकस, पोशाक परिवर्तन गर्ने कक्ष रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन ज्ञवालीले जानकारी दिए । अस्पतालबाट उत्पादित फोहोरको उचित व्यवस्थापन गर्दै बातावरण मैत्री अस्पतालको निर्माण गर्ने लक्ष्य सहित शान्ती मेड नेपालको सहयोगमा भवन निर्माण गरिएको अस्पतालका अध्यक्ष कर्माचार्यले बताए ।

रत्ननगर अस्पताललाई निरन्तर सहयोग गर्दै आइरहेको शान्ती मेड नेपालले आकस्मिक र ओपिडी सेवा दिंदै आइरहेको ब्लक सि भवनको निर्माण, अस्पताल परिसरमा सार्वजनिक शौचालय,मातृ शिशु भवनका लागि अत्याधुनिक भिडियो एक्स रे मेसिन हस्तान्तरण लगायतको कार्य गरेको छ ।

कार्यक्रममा रत्ननगर वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिमिरे, शान्ती मेडका कन्ट्री डाइरेक्टर कर्ट जेन्सर, अस्पतालका पूर्व अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ, कार्यपालिका सदस्य राजेन्द्र हमाल,शान्ती मेडका देशिय सचिव रञ्जीता पण्डीत, अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार