
रत्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वी चितवनको रत्ननगरका पाँच वटा वडामा नयाँ समिति गठन गरेको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट वडा नं १, २, ३, ४ र ५ मा वडा समिति गठन गरिएको सो पार्टीका नगर सभापति रामनाथ भट्टराईले जानकारी दिए ।
वडा नं १ को वडा समितिको सभापतिमा टिकाराम ढकाल, उपसभापतिमा कृष्ण महतो, सचिवमा कृष्ण गौतम र सदस्यहरुमा झलक पौडेल, खगराज पौडेल, गणेश बानियाँ, सुमित्रा भण्डारी र पदमलाल जैसी, वडा नं २ को वडा समितिको सभापतिमा रामबहादुर बर्तौला,उपसभापतिमा रोहित श्रेष्ठ, सचिवमा सुरज परियार र सदस्यहरुमा हेमराज बादे, श्रद्धा रेग्मी, हरिबहादुर थापा, बाबुराम दुवाडी, अम्विका पाण्डे, कल्पना शर्मा अर्याल, शुशीला रेग्मी शुभेक्षा प्रजापति चयन भएका छन् । त्यसैगरी वडा नं ३ वडा समितिका सभापतिमा राममणि सिलवाल, उपसभापतिमा विजय पाण्डे, सचिवमा लक्ष्मण रानाभाट र सदस्यहरुमा सीता गिरी, मिरादेवी खड्का दुवाडी तुलसीराम उपाध्याय, पुरुषोत्तम दाहाल, वडा नं ४ को वडा सभापतिमा राजेन्द्र गिरी, उपसभापतिमा राजु तिमिल्सिना र सदस्यहरुमा मनिशा विक, अफ्सरा विक, राम गिरी, शेखर प्रसाद तिमिल्सिना, गंगाराम लामिछाने,लक्ष्मी गुप्ता चयन भएका छन् ।
वडा नं ५ वडा कमिटीको सभापतिमा हरिप्रसाद धमला, सदस्यहरुमा दीपक पौडेल, चेननाथ दुवाडी, गोकुल प्रसाद पौडेल, हेमन्त अधिकारी, पैँगी महतो चयन भएका छन् । सो पार्टीको वडा समिति गठन सम्बन्धी कार्यविधिमा ११ सदस्यीय समिति गठन गर्ने उल्लेख गरिएको छ । वडाअधिवेशनमा पूर्णता पाउन नसकेको समितिलाई केही दिनमा पूर्णता दिएर नामावली जिल्लामा पठाउन सकिने व्यवस्था गरिएको नगर सभापति भट्टराईले बताए । वडा अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले रास्वपालाई सिध्याउन राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति सक्रिय भएर लागेको बताए । पार्टीका सभापति रवि लामिछानेप्रतिको राजनीतिक प्रतिसोध रास्वपा सिध्याउन योजनाका साथ गरिएको उनको भनाई छ ।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य ध्रुव गिरी, प्रशिक्षण विभाग प्रमुख जगदिशचन्द्र शर्मा, क्षेत्रीय सभापति टीकादत्त इटनी, जिल्ला सभापति कृष्णप्रसाद भूषाल, संसद हरि ढकालका प्रमुख सल्लहाकार दीपक गौतम लगायतले मन्तव्य राखेका थिए । नगर सभापति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामशरण भट्टराईले सञ्चालन गरेका थिए । टीकाराम ढकालले सञ्चालन गरेको प्रथम वडाअधिवेशनको उद्घाटन सत्रमा रत्ननगरका पूर्व जनप्रतिनिधि कमलबहादुर घिमिरे सहित ५६ जना विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् ।