रत्ननगर । रत्ननगर वडा नं ६ सौराहा स्थित गैंडा सामुदायिक पर्यटन सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका सचिव गोपिकृष्ण विडारीले आयव्याय, बार्षिक कार्ययोजना तथा प्रगति प्रतिवेदन, व्यवस्थापक शोभा पाठकले आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक यौवनकुमार पराजुलीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ज्येष्ठ शेयर सदस्यहरु बाटुली श्रेष्ठ, पोसनी थरुनी, मानबहादुर श्रेष्ठ र विष्णुमती रिजाल, उत्कृष्ट शेयर खरिद गर्ने खगेन्द्र महतो, उत्कृष्ट ऋणि राधाकुमारी रिजाल, दैनिक बचतकर्ता विनिता थापा कार्की, दैनिक बालकचतकर्ता श्रीजन तामाङ, कम उमेरको बाल बचतकर्ता साम्भिका भट्ट एसइइमा उत्कृष्ट अंक ल्याउने रोहित लामा, मोनिका ढुंगाना र निश्चिल सापकोटालाई सम्मान गरिएको छ ।

२०६८ सालमा स्थापना भएको सो सहकारीमा १ हजार १५० जना शेयर सदस्य रहेका छन् । आर्थिक बर्ष २०८०÷०८१ मा सो सहकारीले १३ लाख ६० हजार ९२५ रुपैया मुनाफा गर्न सफल भएको छ । ६७ लाख ३८ हजार ४२४ रुपैया आम्दानी गरेको सो सहकारीले ५३ हजार ७७ लाख ४९९ रुपैया खर्च कटाएर १३ लाख ६० हजार ९२५ रुपैया मुनाफा गर्न सफल भएको संस्थाका अध्यक्ष अनिल अर्यालले जानकारी दिए । ६ करोड १२ लाख ९५ हजार ८११ रुपैया कुँल पूजि रहेको सो सहकारीले ४ करोड ५६ लाख ३३ हजार ८९० ऋण लगानी गर्दा ४ करोड ३४ लाख १९ हजार ६९८ रुपैया बचत संकलन गरेको अध्यक्ष अर्यालले जानकारी दिए । सो सहकारीको शेयर पूजि १ करोड ४८ लाख ३४ हजार ६०० रुपैया रहेको छ । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष महतोले सहकारीको सिद्धान्तमा बाधिएर शेयर सदस्यको हितमा काम गर्न आग्रह गरे । वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले गरिवी निवारणलाई केन्द्रीत गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सहकारीले जनविश्वास जित्ने गरी काम गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष अर्यालले सहकारीलाई सहकारीको नीति, विधि, प्रविधिलाई आत्मसाथ गर्दैै उपभोक्ताको हितमा ऋण लगानी गरिएको बताए । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, राष्ट्रिय सहकारी बैंक टाँडी शाखा प्रमुख नरेश कामती, बछौली नारी चेतना साकोसकी अध्यक्ष भागिरथी कुमारी घिमिरे, सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, हरियाली समाज नेपालका अध्यक्ष विपी चौधरी लगायतले मन्तव्य राखेका थिए । अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्चबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार