राप्ती, कार्तिक ६ । राप्ती १२ मा रहेको गणेश माविको छात्रावासलाइ बन्दोबस्तीका सामग्रीहरू हस्तान्तरण गरिएको छ। जाडो महिनालाई लक्षित गरेर दाताले उपलब्ध गराएको सिरक, डसना, तकिया तथा सिरानी हस्तान्तरण गरिएको हो ।

ब्ल्युमीन एण्ड मेर मैनुफ्याक्चर एण्ड पल्भेर ट्रेनिङको आर्थिक सहयोग र नेपाल हाइलाइफ डिरेक्ट इ. भि. एण्ड ग्रीन सोसाइटीको समन्वयमा १३५ थान सिरक, डसना, तन्ना तथा सिरानी वितरण गरिएको छ। नेपाल हाइलाइफका प्रतिनिधि शेर बहादुर परियारले वितरण गरिएको सामग्रीले छात्रावासमा बस्ने विद्यार्थीहरूलाई जाडो महिनामा सहज हुने बताए।

गणेश माविको छात्रावासमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू बसेर अध्यन गर्दै आएका छ्न ।यो छात्रावास राप्ती नगरपालिकाको सदरमुकाम भण्डाराबाट २३ किलोमिटर टाढा छ । भौगोलिक रूपमा कठिन तथा चेपाङ समुदायका विद्यार्थी अध्यनरत उक्त छात्रावासमा हाल १२० जना विद्यार्थीहरू अध्ययनरत छन् । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा राप्ती नगरपालिकाका उप-प्रमुख देवेन्द्र लामाको प्रमुख आतिथ्यता रहेका थियो। कार्यक्रमलाई सम्बोधन गर्दै लामाले एउरालिटारजस्तो दुर्गम क्षेत्रमा सुविधा सम्पन्न छात्रावास निर्माण आफ्नो सपना भएको बताए। उनले छात्रावासको भवन निर्माण लगभग अन्तिम चरणमा पुगेको र अब छिट्टै संचालनमा आउने जानकारी दिए।

वडा अध्यक्ष अर्जुन चेपाङले बिपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीहरूका लागि सहयोग गर्न पाउँदा गर्व लागेको बताए। उनले सहयोगी संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस प्रकारका सहयोगको अपेक्षा व्यक्त गरे। कार्यक्रमले दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न थप सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार