रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघ, रत्ननगरले ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रंजन अवालाई स्वागत गरेको छ । संघका अध्यक्ष शंकर गिरीले रत्ननगर लगायतको समग्र व्यबसायिक लगायत बस्तुस्थिती बुझाउदै अवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । शान्ति, सुरक्षा, अमनचैन नभए व्यबसायिक बातावरण समेत धुमिल हुने भएकाले प्रहरी आफ्नो कर्तब्यमा असफल भए व्यबसायी समेत असफल हुने गिरीले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक अवाले व्यवसायिक बातावरण बनाउन आफ्नो संगठनले कुनै कसर बाँकी नराखी कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । नेपाल विकसित राष्ट्र बनाउन र समृद्ध मुलुक बनाउन व्यबसायिक बातावरण हुनुपर्ने आफुले बुझेको बताउदै सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ । अत्याधुनिक प्रबिधीको प्रयोग गरेर शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न निजी क्षेत्रले हातेमालो गर्नुपर्ने अवाले बताउनुभएको हो । सिसिटिभीको प्रयोगको महत्व, लागु औषध दुर्व्यसनी विरुद्द जनसेचना, अनावश्यक ध्वनी नियन्त्रण लगायतमा समन्वय गर्दै काम गरिने अवाले वताउनुभयो ।
संघका महासचिब उपेन्द्र आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा पुर्व अध्यक्षका तर्फबाट राजाराम रेग्मीले शुभकामना मन्तब्य राख्नुभएको थियो । संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्षहरु र उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

