काठमाडौं : घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को रेकर्ड निर्माण हुने क्रम जारी छ । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ । फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो ।

फिल्मले प्रदर्शनको छैटौं दिन मंगलबार मात्रै डेढकरोड कमाएको छ । सातौं दिन बुधबार सोही हाराहारीमा कमाइ हुने प्रक्षेपण वितरक मनोज राठीले गरे ।उनकोे यो प्रक्षेपणको आधारमा फिल्मको पहिलो साताको कमाइ १२ करोड हाराहारीमा हुने देखिन्छ । ‘पहिलो साताको कमाइ १२ करोड भित्र समेटिने हाम्रो अनुमान हो’ राठीले भने ।

१० करोड क्लब आफैमा महत्वपूर्ण बक्सअफिस उपलब्धि हो । दीपाश्री निरौला निर्देशित यो फिल्म विहिबारदेखि मध्यपूर्व, मलेसिया र माल्दिभ्समा पनि रिलिज हुँदैछ ।‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने आधिकारिकरुपमा बक्सअफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार