धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले उपमहानगरपालिकाको कार्यवाहक जिम्मेवारी वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई दिएका छन् । आगामी अक्टोबर १७ तारिखमा बेलायत जादै गरेका मेयर साम्पाङले गत असोज २३ गते नै पत्र पठाएर असोज २८ गतेदेखि कार्यवाहक जिम्मेवारी निर्वाह गर्न वडाध्यक्षलाई भनेका थिए ।

उनले केही सर्त राख्दै सामान्य रेखदेख र निर्देशनको अधिकार प्रत्यायोजन गरिएको पनि बताएका छन्।आगामी नोभेम्बर २ तारिखमा स्वदेश फर्कने कार्यतालिका बनाएका मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागुलाई जिम्मेवारी दिएका हुन्।

उनले प्रमुख प्रशासकीय अधिकृतलाई पनि यो विषयको बोधार्थ गराएका छन्। बेलायत जानुअघि काठमाडौँमा मेयर साम्पाङ विभिन्न मठमन्दिर घुमाघाम र भेटघाटमा व्यस्त छन्।

साम्पाङले उपमेयर अइन्द्रविक्रम बेघा हुँदाहुँदै वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन्। बेघा माओवादी केन्दबाट निर्वाचित भएका हुन्। यसअघिदेखि नै मेयर साम्पाङ र उपमेयर बेघाबीच सम्बन्ध राम्रो थिएन।कार्यपालिका बैठकमै आफूलाई ‘विषालु मनको मान्छे’ भन्दै मेयर साम्पाङले फेसबुकमा लेखेको भन्दै उपमेयर बेघाले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार