नवलपुर । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) काे तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आइबार देखि नवलपुरको गैंडाकाेटमा सुरु भएकाे छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेको साधारण सभामा संस्थाकी अध्यक्ष पार्वती न्याैपानेले सेवा नेपाल स्थापनाको आवश्यकता यसका कार्यहरु साथै भोलिको स्वरुपको बारेमा बताउनुभएको थियो ।

साधारण सभामा सहसचिव टीका अधिकारीले आर्थिक बर्ष २०८०/८१ को प्रगति प्रतिवेदन र चालु आबको नीति तथा कार्यक्रम, कोषाध्यक्ष अप्सरा घिमिरेले आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट तथा सेवा नेपालकी कार्यकारी निर्देेशक विष्णुकुमारी नेपालले दीर्घकालिक रणनीतिक याेजनाकाे लक्ष्य, उद्देश्य र परिकल्पनाकाे बारेका प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सेवा नेपालको संस्थागत विकासमा योगदान गरेका रत्ननगर नगरपालिका उपमेयर यादव प्रसाद पाठक, रत्ननर वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक तीर्थराज रेग्मी, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल सहित सांस्कृतिक समुह, उद्यमी महिला सहकारीकी गोमा आधिकारी, उत्कृष्ट कर्मचारीको रुपमा सेवा नेपालका सहकारी सवलीकरण अधिकृत गोपी पुडासैनी, भवन निर्माणमा सहयोग गर्ने कोषाध्यक्ष दुर्गा बराल र मनोरन्जन समितिका लक्ष्मी घिमिरे, निर्मला खड्का, निर्मला ढकाल, लक्ष्मी भट्ट, सम्झना पोखरेल लगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी साधारण सभामा प्रदेश सञ्जालका संयोजकहरुलाई समेत सम्मान गरिएको छ । वागमती प्रदेश संयोजक शैलजा घिमिरे, गण्डकी प्रदेश संयोजक गोमा अधिकारी, मधेश प्रदेश संयोजक धनकुमारी बढाल, कोशी प्रदेश संयोजक गंगादेवी श्रेष्ठ, लुम्विनी प्रदेश संयोजक इन्द्राकुमारी भूषाल र कर्णाली प्रदेश संयोजक टीकाकुमारी अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक तीर्थराज रेग्मीले देशभरका सामाजिक उद्यमी महिला सहकारीहरुले गत आर्थिक बर्षमा १७ अर्ब करोवार गरेको जानकारी दिँदै सहकारीको बार्षिक बचत ५ अर्ब ६२ बरोड रुपैया रहेको बताउनुभयो । उँहाले महिला उद्यमी सहकारीहरुले बाख्रापालन मार्फत नेपाललाई खसीको मासुमा आत्मनिर्भर बनाउन भूमिका खेलेको र भोलिको दिनमा विदेशमा निर्यात समेत गर्न सकिने भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले महिलाहरुको नेतृत्व सफल सावित भएको बताउनुभएको थियो । आयआर्जन र उत्पादनमा युवा पुस्ताको ध्यान भड्किएको अवस्थामा सेवाले सामाजिक जागरणमा महत्वपुर्ण भूमिका निर्वाह गरेको उँहाको भनाई थियो ।

सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव पाठक, फलेवास नगरपालिकाकी उपमेयर शोभा क्षेत्री, सेवा नेपालका प्रमुख सल्लहाकार डा.महेन्द्रनाथ लोहनी, हेफर इन्टरनेशनल नेपालकी कार्यक्रम निर्देशक सविना प्रधान, रत्ननगर वडा नं १२ का वडाध्यक्ष सुवेदी, महिला समन्वय समिति चितवनकी अध्यक्ष इन्दिरा पौडेल, हेफर इन्टरनेशनल नेपालका भिटा परियोजना निर्देशक दुर्गाबहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

सेवा नेपालकी सचिव टीका अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष कमला भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारण सभाको बन्दसत्रले दीर्घकालिन रणनीतिक योजना सहित प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । सोमबार सम्म चल्ने अधिवेशनले सेवा नेपालको आगामी कार्यकालको लागि नयाँ समिति चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार