खैरहनी । पूर्वी चितवनको खैरहनीमा सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता तथा कार्यकर्ताहरुको लागि राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । राप्रपा चितवन क्षेत्र नं १, प्रदेश क र प्रदेश ख समिति तथा रत्ननगर, खैरहनी र राप्ती नगर समितिले सयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि राप्रपाका केन्द्रीय सहमहामन्त्री रमानन्द न्यौपाने रहेका थिए । पार्टीको राजनीतिक कार्यदिशा र नविन राप्रपाको अबधारण नेता तथा कार्यकर्ताहरुलाई बुझाउन कार्यक्रम आयोजना गरिएको चितवन क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए ।
कार्यक्रममा राप्रपाका सहमहामन्त्री न्यौपानेले राष्ट्रिय राजनीतिमा राप्रपाले उठाएका मुद्धा र केन्द्रीय सदस्य तथा प्रशिक्षण विभागका सदस्य उद्धबराज भेटवालले पार्टीको राजनीतिक कार्यदिशा र नवीन राप्रपाको अबधारणको विषमा प्रशिक्षण दिएका थिए । पार्टीको सिद्धान्त र राजनीति कार्यदिशाको बारेमा तल्लो तहका नेता तथा कार्यकर्तालाई बुझाउन नसक्दा अन्यौलता सृजना भएको भन्दै केन्द्रीय सहमहामन्त्री न्यौपानेले राष्ट्रिय राजनीतिलाई मुलधारमा ल्याउन राप्रपाले महत्वपूर्ण भूमिका खेलेको बताए । भष्टचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न राप्रपाले नेतृत्वदायी भूमिको खेलिरहेको भन्दै पार्टी नेताहरुले पदलाई पर राखेर मुलुकको रक्षाको लागि काम गरिरहेको बताए ।
क्षेत्रीय अध्यक्ष खनालले ठुला राजनीतिक दलका कारण मुलुक जर्जर अबस्थामा पुगेको भन्दै राप्रपा भष्टचार विरोधी पार्टी रहेको बताए । ठुला राजनीतिक दलका नेताहरुले गरेको भष्टाचारकै कारण मुलुक दलदलमा फसेको बताए । चष्टचारमा लिप्त ठुला दलका नेताहरुलाई गाउँ प्रवेश गर्न निषेध गर्नुपर्ने अबस्था आएको भन्दै उनले त्यसको नेतृत्व क्षेत्रीय अध्यक्षको हैसियतले आफुले लिन तयार रहेको बताए । उनले भष्टाचार र सुशासनको मुद्धा लिएर गाउँ गाउँ र बस्ती बस्तीमा जानुपर्ने बेला आएको भन्दै क्षेत्रीय अध्यक्ष खनालले उक्त कार्य दसैं, तिहार लगतै सुरु गर्ने बताए ।
राप्रपा खैरहनी नगर कमिटीका अध्यक्ष देवराज कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामहरि कँडेल, बाणिज्य विभागका केन्द्रीय सदस्य सचिव तथा जिल्ला अध्यक्ष हरि अधिकारी लगायतले मन्तव्य राखेका थिए । सो पार्टीका नगर प्रबक्ता सन्तोष लामाले सञ्चालन गरेको सो कार्यक्रममा खैरहनी नगर उपाध्यक्ष कृष्णप्रसाद तिवारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चितवन क्षेत्र नं १ अन्तर्गतका १५० बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।