चितवन – भरतपुरमा गत असोज १ गते देखी आयोजना भएको बडादशैं जुत्ताचप्पल मेला २०८१ लाई आम ग्राहकहरुले रुचाएका छन् । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा संचालित मेलामा दिन प्रतिदिन ग्राहकहरुको भिड बढ्दो क्रममा रहेको छ । स्वदेशी जुत्ता चप्पलले आफ्नो मन जितेको बताउदै रत्ननगर १२ का कृष्ण अधिकारीले गुणस्तरीय सामान र सुपथ मुल्यले ग्राहक हरुलाई आकर्षित बनाउने बताउनुभएको छ ।

मेलालाई हाल सम्म ५ हजारले अवलोकन गरेका छन् भने १ लाख ५० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा जुत्ता खरिद गर्न आउनुभएका रत्ननगर १४ का टिकाराम शर्मा लामिछानेले यो भन्दा अगाडि संचालन भएका दुई पटकको मेलामा खरिद गरेको जुत्ता चप्पलले आफ्नो मन जितेको बताउदै तेश्रो संस्करणको मेलामा उपस्थित भएको बताउनुभयो ।

मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा राखिएको छ । मेलामा १५ देखि ५० प्रतिसत सम्म छुट समेत प्रदान गरिएको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्य मेलाले लिएको छ। मेला बिहान ९ बजे देखी बेलुका ७ बजे सम्म सन्चालन हुँदै आएको छ भने मेला आगामी २४ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार