चितवन : समाचार डटकमले आयोजना गरेको दोस्रो तीज विशेष लेख लेखन प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रबार) भरतपुरको चितवन गार्डेन रिसोर्टमा “मौलिक तीज पर्व र यसको चुनौती” विषयक लेख लेखन प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त लेख लेखन प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भइन् । प्रथम हुँदै उनले नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेकी छिन । त्यस्तै पत्रकार करुणा देवकोटा दोस्रो हुँदै २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेकी छिन । त्यस्तै पत्रकार चाँदनी हमाल ले तेस्रो स्थान हासिल गर्दै १५ हजार नगद र प्रमाणपत्र गर्दा विष्णु गौतमले सान्त्वना पुरस्कार जित्न सफल भइन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन । लेख प्रतियोगितामा २५ महिला पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार