जनक कार्की
काठमाडौं । नेपालमा गाँजा खेतीको बैधानिकता सम्बन्धी नीति, नियम र व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम साफ फल्चा बबरमहलमा गरिएको छ । साप नेपालको आयोजना तथा नेपाल फर्म व्यवसायी संघको समन्वयमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुन मन्त्री शेर वहादुर तामाङ, विषेश अतिथिहरु पूर्व प्रदेश मन्त्री सन्त वहादुर चेपाङ, संविधान सभा सदस्य गोविन्दराम चेपाङ, काठमाण्डु विश्वविद्यालयका प्राध्यापक तथा बैज्ञानिक डा पन्ना थापा, कृषि तथा पशुपंछी विकास मन्त्रालयका उपसचिव डा. प्रधुम्नराज पाण्डे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकास बुडाथोकी, गृह मन्त्रालय लागु औषध नियन्त्रण महाशाखाका उपसचिव महेश कुमार गुरुङ, नेपाल सरकारका पूर्व सचिव एवं अभियान्ता भिम उपाध्याय, सिंहदरबार बैध्यखानाका महानिर्देशक डा. प्रदिप केसी, नेपाल चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, अल्लो तथा ह्याम्प एसोसियसनका अध्यक्ष गणेस एडी, खड्ग बोगाटी, नेपाल र्फम व्यवसायी संघका अध्यक्ष रिगेन्द्र गिरी, गाँजा बैधानिक महाअभियानका संयोजक रविन्स डाँगी, नेपाल कृषक महासंघका अध्यक्ष पन्चकाजी महर्जन, सामुदायिक वन उपभोक्ता महासंघ, गैरसरकारी संस्था महासंग मिडियाकर्मी लगायत ४५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहँुदै सम्पूर्ण विज्ञहरुले गाँजाले बैधानिकता दिनुपर्नेमा जोड दिएका छन् । विगत केही वर्षदेखि नेपालमा सरकारी, निजी तथा गैरसरकारी तह तप्काबाट गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने विषयमा बहस हुँदै आएको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने भन्दै राजनीतिज्ञ अभियान्ता उद्योग व्यवसायीहरुले पैरवी गर्नुका साथै गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्ने बिधेक तयार भएको बताएका छन । सरोकारवालाहरुले उक्त बिधेक संसद बाट पास गरेर आवश्यक ऐन, कानुन बनाउन सम्बन्धित निकायलाई पैरवी गर्दै आएको अभियान्ता ऋिगेन्द्र गिरीले बताए । पूर्व सचिव भिम उपाध्यायले गाँजा खेतीलाई सहज गर्न कानुन बनाएर उत्पादन गर्ने हो भने नेपाललाई अर्थतन्त्र वृद्धि गर्न ठूलो टेवा पुग्ने बताउनु भएको थियो । बैज्ञानिक पन्ना थापाले नेपालमा गाँजा खेतीको लागि विश्वमै उत्कृष्ठ स्थान भएको बताउनु भयो । उहाँले गाँजा तानेर कुलतमा लाग्ने भन्दापनि गाँजाले औषधिको काम गर्ने र यसको प्रयोगले विभिन्न रोगको उपचार हुने बताउनु भयो ।

अल्लो तथा ह्याम्प एसोसियसनका अध्यक्ष गणेस एडीले हाल विश्व बजारमा भाँङ्ग तथा अल्लोको पोशाक तथा सामाग्रिहरुको माग बडेको हुनाले सरकारले यस्लाई विधानिकता दिएको खण्डमा र्खबौ राजसो संकलन हुनुको साथै रोजगारीको अवसर सृजना उहाँने बताउनु भयो । अभियान्ता रविन्स डाँगीले हामीले अझै पनि गाँजा, भाङ्गंको महत्व बुझन नसकेर गरिव भएको बताए । गाँजालाई पुनबैधानिकता दिएमा आर्थतन्त्रमा सुधार आउने बताउनु भयो ।

सम्बिधान सभा सदस्य गोविन्दराम चेपाङले नेपालका विभिन्न भागमा अहिले पनि अवैधानिक रुपमा औषधि प्रयोजनका लागि गाँजा खेती हुने गरेको बताउनुभयो । गाँजा खेतीलाई कानुनी दायरामा ल्याई व्यवसायिक खेती गरी आर्थिक लाभ लिनुपर्नेमा बताउनु भयो ।

पूर्व प्रदेश राज्यमन्त्री सन्त बहादुर चेपाङले गाँजा खेतीमा लागेको प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरे किसानहरूलाई खेती गर्ने अवसर दिएर रोजगारीको सिर्जना गरेर उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएर आर्थिक लाभ लिनुपर्ने बताउनु भयो ।

सिहंदरवार बैद्यखानाका महानिर्देशक डा.प्रदिप केसीले बिगतमा सिहंदरवार बैद्यखानाबाट विभिन्न प्रकारको ओषधिहरु उत्पादन हुनेगरेकोमा भांगा प्रति प्रतिवन्ध लागेपछि वन्दहुने अवस्थामा पुगेको बताउनुयो । सरकारी निकायबिच एक आपसमा समन्वय,सहकार्य नहुदा, आवश्यक नीति तथा कानुनको अभावमा कामकाज हुन नसकेको बताउनुभयो ।

गृहमन्त्रालय लागु औषध नियन्त्रण महाशाखाका उपसचिव महेश कुमार गुरुङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक अन्तर्गत रहेर अनुमतिपत्र सम्बन्धी व्यवस्था, गाँजा खेति गरिने क्षेत्र र क्षेत्रफल तोक्ने, उत्पादन तथा विक्रि वितरण सम्बन्धी व्यवस्थालाई समेटेर गृह मन्त्रालय लगायतको समितिले प्रतिवेदन तयार पारेर मन्त्री परिषद्मा बुझाएको बताउनु भयो । यस विषयमा सरकारी निकाय, राजनितिक दल मन्त्रिपरिषद सबै सकारात्मक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पूर्व कानुन मन्त्री शेर वहादुर तामाङले नेपालको आर्थिक समृद्धिको लागि गाँजा महत्वपूर्ण रहेको र लाई बैधानिकता दिएर निश्चत क्षेत्र तोकेर स्थानीय सरकारको नियन्त्रण र नियमनमा रहनेगरी स्थानीय कृषकहरुको अगुवाईमा यसको खेती गरेमा रोजगारीको लागि विदेशिनु नपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार