१५ भदौ, रत्ननगर ।
रत्ननगर नगरपालिका १५ नम्बर वडामा रहेको हाम्रो नमुना आमा समूहले दोश्रो मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेको छ । रत्ननगर १५ स्थित दिपज्योती टोल, भण्डारी चोकमा आयोजित प्रतियोगितामा १५ समूहले सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रत्ननगर १५ का वडाध्यक्ष आशिक तामाङले हाम्रो नमुना आमा समुहको प्रयासलाई प्रशंशा गर्दै मौलिक तीज गीतलाई जगेर्ना गर्ने उद्धेश्य महत्वपुर्ण रहेको बताउनुभएको थियो । कार्यक्रममा रत्ननगर १६ का वडा सदस्य चिज कुमार श्रेष्ठ, पेवा सहकारी संचालक समिति सदस्य तथा भूपू सैनिक संघ पिठुवाका अध्यक्ष ठाकुर प्रसाद पन्त, पंचायन देवी मन्दिरका अध्यक्ष मदन भुजेल, पंचायन दुग्ध डेरीका अध्यक्ष सन्दिप रेग्मी, रत्ननगर १५ का वडा सदस्यहरु शिव प्रसाद तिवारी, गोकुल पन्त, रुक माया परियार, लिला देवी पौडेल , शिवालय मन्दिरका अध्यक्ष ठाकुर प्रसाद खरेल त्यस्तै रत्ननगर १५ का १९ वटा टोलका अध्यक्षहरुको विशेष उपस्थिति रहेको थियो ।

दर्शकहरुको खचाखच उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा विन्देश्वरी आधारभूत विधालयले प्रथम स्थान हासिल गरेको छ । विन्देश्वरी विद्यालयले रत्ननगरका प्रमुख प्रलाद सापकोटाले सौजन्य गर्नुभएको नगद १५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा अन्नपुर्ण टोलले दोश्रो स्थान हासिल गर्दै रत्ननगर १६ वडा कार्यालयले सौजन्य गरेको १० हजार रुपैया, रामजानकी टोलले तेश्रो हुदै पेवा सहकारीले सौजन्य गरेको ५ हजार रुपैया र आधारभुत विद्यालय नमुना र गणेश टोलले सान्त्वना स्थान हासिल गर्दै भूपू सैनिक संघ पिठुवा र दिप ज्योति टोल अध्यक्ष पुष्प राज भण्डारीले सौजन्य गर्नुभएको ३ हजार रुपैया प्राप्त गरेको छ । ठाकुर प्रसाद खरेलले सौजन्य गर्नुभएको उत्कृष्ठ नृत्यको पुरस्कार अर्बिट बोर्डिङले पाएको छ । कार्यक्रममा मनकामना फोटो स्टुडियोले प्रमाण पत्र तथा व्याच सौजन्य गरेको थियो ।

कार्यक्रम रत्ननगर नगरपालिका १५ नम्बर वडाकार्यलयको सहयोगमा आयोजित प्रतियोगितामा कलाकार रामु आचार्य, टिकाराम शर्मा लामिछाने र गायिका सीता कंडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए। रमेश नेपाल र केशव भट्टले आकर्षक प्रस्तुतिमा संचालन गरेको कार्यक्रम हाम्रो नमुना आमा समूहको अध्यक्ष कोपिला लामिछानेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार