राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकामा सञ्चालित दुई वटा छात्राबासको मंगलबार सामाजिक परीक्षण गरिएको छ । सीमान्तकृत समुदायका बालबालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्न सञ्चालित छात्राबासको आम्दानी खर्च र उपलब्धि सार्वजनिक गर्न सामाजिक परीक्षण कार्यक्रम गरिएको हो । हिमालयन लाइफ चितवनले राप्ती नगरलिकाको विकट क्षेत्र वडा नं १० मा स्वामिटर छात्राबास र वडा नं ११ मा थाकलटार छात्राबास सञ्चालन गरिरहेको छ । दुई वटा छात्राबासमा चेपाङ समुदायका १५१ जना बालवालिका आवासीय सुविधा सहित अध्यायन गरिरहेका छन् । राप्ती नगरपालिकाका मेयर शमशेर लामा प्रमुख अतिथि रहेको सो कार्यक्रममा सह निर्देशक कमला सुवेदीले प्रगति प्रतिवेदन तथा लेखापाल समिता मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष नविन गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा सुपरभाइजर शेर बहादुर मोक्तानले छात्राबासले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा प्रकास पारेका थिए । सो अबसरमा मेयर लामाले दातृ निकाय वाट सञ्चालनमा आएको छात्रावासले सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा सहज भएको बताए । उनले गुणस्तरीय शिक्षाको लागि आवश्यक समन्वय गर्ने र गराउने, छात्रावासका विद्यार्थीलाई आवश्यक सहजीकरण गर्ने, शिक्षक अभाव हुन नदिने र आवश्यक भौतिक संरचना निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संस्थाका निर्देशक सुक रम्तेलले राप्तीमा विपन्न, सिमान्तकृत, जनजाती र दलित समुदयाका वालवालिकालाई प्राथमिकता दिएर काम गरिएको बताए । दातृ निकायको रुपमा हिमालयन फाउण्डेशन सहयोग गरेको भन्दै उनले समुदाय आधारित शिक्षामा जोड दिएको बताए । उनले राप्तीमा मात्रै ७० लाख लगानी जानकारी दिए । सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले विद्यार्थी छनोटमा आवश्यक ध्यान दिनुपर्ने, गुणस्तरीय शिक्षाको लागी आवश्यक समन्वय लगायतका विषयमा जिज्ञासा राखेका थिए । थाकलटार छात्रावासका व्यवस्थापन समितिका अध्यक्ष धर्मराज लामाले स्वागत तथा थाकलटार माविका अध्यक्ष सुर्य लामाले मन्तव्य राखेका थिए । दुई वटा छात्राबासको सामाजिक परीक्षण पूर्णबहादुर मगरले गरेका हुन । हिमालयन लाइफ चितवनले रत्नननगरका दुई वटा वडामा सामुदायिक शिक्षा भरतपुरमा सामुदायिक शिक्षा र जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार