रत्ननगर ।
पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जजा महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
बार्षिकोत्सव अन्तर्गत निःशुल्क आँखा परीक्षण शिविर तथा देवघाटमा बृद्धबृद्धाहरुलाई साझको खाना समेत खुवाईएको उनले जानकारी दिए । उनले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । कार्यक्रममा एक्सपर्ट टाँडी शाखा प्रमुख मीना तिमिल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् ।