काठमाडौं ।
विगत २३ बर्ष देखी जापानमा रही व्यवशाय संचालन गर्दै आउनुभएका द्रोण सिलवाल नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य पदमा मनोनित हुनुभएको छ । अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले छलफल पछि टुंग्याएको केन्द्रिय कमिटिमा उँहालाई समावेस गरिएको हो । यो संगै नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित ३ सय ४४ सदस्य रहेको केन्द्रीय कमिटी टुंग्याएको छ । सिलवाल जापानमा रही संगठन निर्माणमा अहोरात्र खटिदै आउनुभएको छ । पार्टिले प्रवाशबाट आफुलाई छानेकोमा पार्टि र नेतालाई आभार ब्यक्त गर्दै आफ्नो जिम्मेवारी अझ बढेको सिलवालले बताउनु भयो । नुवाकोटमा जन्मिएका सिलवाल जापानको निगातामा ब्यवसाय गरिरहेका छन ।
तिन नेता बसि टुंग्याएका ३ सय ४४ जना केन्द्रिय कमिटिको नामवालीमा सिलवालको नाम १ सय ७८ औँ नम्बर रहेको छ । सिलवाल यस भन्दा अगाडी प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्ष, पूर्वि एसिया क्षेत्रका ईन्चार्जको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो । केन्द्रिय सदस्य अन्तर्गत वैदेशिक कोटामा १ जना भारत साथै अन्य विश्वभरि बाट १ जना छनौट हुने प्रावधान रहेकोमा सिलवाल विश्वभरीको १ जना अन्तर्गत पर्दै सदस्यमा चयन हुनुभएको हो । १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।
सिलवाललाई केन्द्रिय सदस्यमा चयन गरेकोमा नेपाल रिटर्नी एसोसियसन, जिल्ला शाखा चितवनका अध्यक्ष चिन्तामणि आचार्यले एक विज्ञप्ती जारी गर्दै वधाई व्यक्त गर्नुभएको छ । आचार्य र सिलवालले हातेमालो गर्दै नेकपा एकीकृत समाजवादीको जापानमा संगठन विस्तारमा भूमिका खेल्दै आउनुभएको थियो ।