रत्ननगर, साउन १५ ।

पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा प्रसूति गराउन आउने गर्भवतीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । अस्पतालको विश्वसनियता बढेसँगै प्रसूति गराउन आउने गर्भवतीको चाप बढ्न थालेको हो ।

अस्पतालमा गत आर्थिक वर्षमा मात्रै ७४९ जना गर्भवतीले प्रसूति सेवा लिइसकेका छन् । प्रसूति सेवा लिएका मध्य ४२६ गर्भवतीले सामान्य, ३१८ गर्भवतीले शल्यक्रिया र ५ जना गर्भवतीले जटिल मानिने भ्याकुम सेवा सहितको प्रसूति सेवा लिएको अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट डाक्टर मदन ज्ञवालीले जानकारी दिए ।

यो बर्षको बैशाख महिनामा १६ जना गर्भवतीलाई सामान्य र ११ जना गर्भवतीलाई शल्यक्रिया, जेठ महिनामा १२ जना गर्भवतीलाई सामान्य र १७ जना गर्भवतीलाई शल्यक्रिया, असार महिनामा ३७ जना गर्भवतीलाई सामान्य र २० जना गर्भवतीलाई शल्यक्रिया मार्फत प्रसूति गराइएको अस्पतालका जनस्वास्थ्य निरिक्षक प्रदिप घिमिरेले जानकारी दिए ।

अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा २५९ गर्भवतीले सामान्य १४४ गर्भवतीले शल्यक्रिया तथा आर्थिक वर्ष २०७९/८० मा २७६ जना गर्भवतीले सामान्य, २८० गर्भवतीले शल्यक्रिया र २ जना गर्भवतीले जटिल मानिने भ्याकुम सेवा सहितको प्रसूति सेवा लिएको जनस्वास्थ्य निरिक्षक घिमिरेले बताए ।

अस्पतालले हाल प्रसुती सेवाका लागि १५ शैया सहित २ जना विशेषज्ञ चिकित्सक र ७ जना प्रसूतिती तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूती सेवा दिइरहेको छ । अस्पताल परिसरमा गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि छुट्टै मातृशिशु अस्पताल निर्माणाधिन अवस्थामा रहेको मेडिकल सुपरिटेन्डेन्ट ज्ञवालीले बताए । साढे १४ करोडको लागतमा निर्माण भइरहेको मातृशिशु अस्पताल संचालनमा आएपछि शैया क्षमता बढेर ५० शैयाको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार