रत्ननगर, साउन १३ ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको अध्यक्षमा सुर्यमणी ढकाल चयन भएका छ । परिषदको प्रारम्भिक समिति टिकौलीको आइतबार सम्पन्न ३३ औं साधारण सभा तथा १४ औं अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा पदम खनाल,द्वितिय उपाध्यक्षमा दिलिप महत,सचिवमा सफल अधिकारी, सह सचिवमा प्रबिण ढकाल, कोषाध्यक्षमा बिनायक ढकाल रहेका छन् । समितिको सदस्यहरुमा मदन अधिकारी,महेन्द्र अधिकारी,आश्विन बराल,अस्मिता बराल,दिक्षा खतिवडा,अभिष अम्गाई,आधार कोईराला रहेका छन् ।

परिषद्को निर्वतमान अध्यक्षता केशबराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा बिदुषी उषा माताजी, धर्मराज खनाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार