
श्रावण ९, काठमाण्डु ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिए संगै सांगीतिक क्षेत्रमा नया नया सृजनाहरु बजारमा आउने क्रम बढेको छ । यसै सन्दर्भमा पारिवारीक सामाजिक कथावस्तुमा आधारित गीत घरझगडाको सातौ संस्करण सार्वजनिक गरिएको छ । सर्जक यज्ञ सापकोटाको आधिकारीक यु-ट्युव मार्फत सार्वजनिक गरिएको सो गीतको दृश्यात्मक सामाग्रीलाई अहिले श्रोता तथा दर्शकले अत्याधिक रुचाएका समेत छन् । वर्तमान समाजको यथार्थ चित्रण गर्न खोजिएको गीतले पारिवारिक द्वन्द बढ्नुले समाजमा नकारात्मकता फैलीएको हुँदा यसलाई सुधार्नुपर्ने सन्देश प्रवाह गरेको छ ।
६ जना गायक तथा गायिकाको आवाजमा सजिएको गीतमा चर्चित गायकहरु पशुपती शर्मा, यज्ञ सापकोटा र अर्जुन सापकोटाको स्वर रहेको छ भने गायिकाहरुमा सम्झना भण्डारी, सिता केसी र चितवनमा जन्मिएर राजधानीलाई कर्मथलो बनाईरहेकी सुनिता सुनारको स्वर रहेको छ । गीतमा टंक डुम्रेको शव्द तथा गायक यज्ञ सापकोटाको संगीत रहेको छ ।
गीतको भिडियोमा चर्चित कलाकारहरु सुरबीर पण्डित, रमा थपलिया, यज्ञ सापकोटा, आयुष्मा कार्की, अर्जुन सापकोटा र सरस्वती फुयाल लगायतको अभिनय देख्न सकिन्छ । अकला देवी म्युजिकले बजार व्यवस्थापन गरेको गीतमा विरेन्द्र भट्टको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको छ भने मदन खड्काको निर्देशन रहेको छ । घरझगडाको यस अघिका संस्करणहरुलाई श्रोता, दर्शकले अत्याधिक रुचाएका कारण सातौ संस्करण पनि सोहि अनुरुप सफल हुने निर्माण टिमको विश्वास छ ।