रत्ननगर, असार २९ ।
रत्ननगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विरगंज घर भई रत्ननगर १३ मा बस्दै आएका १८ बर्षिय अमन पटेल रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी डा. हेम केसीले जानकारी दिए । रत्ननगर १३ मा रहेको औजार उद्योगमा काम गर्दै आएका पटेलको शनिबार साँझ बहुलहर रत्ननगर अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका पटेलको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार