रत्ननगर, असार २९ ।
लायन्स क्लव अफ चितवन टाईगर्सले रत्ननगरको कपरफोरी माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरेको छ । रत्ननगर वडा नम्बर ९ मा रहेको विद्यालय परिसरमा ४० वटा विरुवा रोपिएको क्लबका सचिव बिबेक लामिछानेले जानकारी दिए ।
डिष्ट्रीक ३२५ आर का एडिसनल क्याबिनेट ट्रेजर कृष्णलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा क्लष्टर नम्बर २ का चिफ एमजेएफ भिम बहादुर नेपाल, रिजन चेयर पर्सन सम्झना घिमिरे,क्लबका निबर्तमान अध्यक्ष डा.बिष्णु कट्टेल विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बलराम दाहाल लगायतको उपस्थिती रहेको थियो ।
बृक्षारोपणको लागि जिल्ला बन कार्यालय भरतपुरले विरुवा उपलब्ध गराएको थियो ।

