चितवन : २१औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०८१ तथा असार १५ को अवसरमा आयोजना हुने धान रोपाइँ महोत्सवमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवन आइपुग्नु भएको छ । भोलि शनिबार चितवनको बछौलीमा धान रोपाई महोत्सव हुँदैछ । कृषि विभागले यसपटकको धान रोपाइँ महोत्सव चितवनमा राखेको हो । प्रधानमन्त्री प्रचण्डसँगै कृषि मन्त्री ज्वाला कुमारी साहलगायत मन्त्रालयका अधिकारीहरू पनि चितवन आइपुग्नु भएको छ ।

पहिलो पटक काठमाडौं बाहिर धान रोपाइँको औपचारिक कार्यक्रम हुन लागेको विभागका महानिर्देशक नरहरि घिमिरेले जानकारी दिनुभयो ।महोत्सवमा धान रोप्ने मेसिनले १ हेक्टर क्षेत्रफलमा धान रोपिने छ ।

बछौली बहुउद्देश्यीय कृषि समूहको आयोजनामा गर्न लागिएको महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरणको विषयमा समेत जानकारी दिइने छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार